जीवन संघर्षको ऐना पनि हो । जसरी बजारमा फरक फरक डिजाइनका ऐन पाइन्छन्, त्यसरी नै हरेक व्यक्तिको जीवनको संघर्ष पनि अलग अलग हुन्छ, तर संघर्ष बिनाको जीवन हुँदैन ।
संघर्षका यस्तै कैयौँ देउराली उक्लिएका दीपक आचार्य अर्थात काकु सजिलै नेपाली कला जगतमा स्थापित भएका होइनन् । उनीसँग भोकै सुतेका थुप्रै यादहरू जिवित छ । चिनेजानेका सबैसँग ऋण लिएपछि ऋण तिर्न नसकेर भाग्दै हिँड्नु परेका थुप्रै परिस्थिति पनि उसैगरी ताजै छन् । उनै दीपक आचार्य काकुसँग फलैँचा इन्टरटेन्मेन्टका निर्देशक कृष्णउदाशीले गरेको संवादका आधारमा तयार पारिएको जीवनी यसप्रकार छ ।
https://www.youtube.com/watch?v=sNYqmyy1lm4&t=2s