काठमाडौं । सरकारले सात प्रदेशको प्रदेश प्रमुख तोकेको छ । सोअनुसार प्रदेश नं. १ मा गोविन्द सुब्बालाई प्रदेश प्रमुख तोकिएको छ । सरकारले बुधबार नै प्रदेशको अस्थायी मुकामहरु समेत तोकेको छ ।
मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश प्रमुखहरु तोकेको हो । सुब्बा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हुन् ।
प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका हुन् । ५ मा राजपा र १ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको छ भने बाँकी ५ जना कांग्रेसको सिफारिसमा हुनेछन् ।
यस्तै प्रदेश २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको छ ।
धनकुटामा जन्मेका सुब्बा लामो समयदेखि काठमाडौमा प्राध्यापनमा संलग्न छन् । उनी स्थानिय निकायको पहिलो चुनावमा धरानको मेयरमा काँग्रेसबाट लडेका थिए ।