•  

    बिर्तामोड– साथी साथीबीच रक्सीको नसामा कुटाकुट हुँदा चारपानेका सुभान सेखले ज्यान गुमाएको झापा प्रहरीको अनुसन्धानले देखाएको छ । आपसी विवादका क्रममा उनका दुई साथीले सेखमाथि आक्रमण गरेको अनुसन्धानका क्रममा खुलेको हो । जिल्ला प्रहरी कार्यालय झापाले शुक्रवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी सेख हत्यामा उनका दुई जना साथीको संलग्नता देखिएको भन्दै उनीहरुलाई सार्वजनिक गरेको छ ।

    सेखको हत्या लगत्तै परिवारका सदस्यमाथि अनुसन्धान केन्द्रीत गरेको प्रहरीले उनका दुई जना साथीलाई घटनाको भोलिपल्ट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बिर्तामोड–२ का करण चौधरी र लक्ष्मण चौधरी छन् । सेखसहित उनीहरुले चारपानेमा बुद्धिमाया राईले सञ्चालन गरेको होटलमा मदिरा सेवन गरेका थिए ।

    सेखले आफूहरुलाई मनपरी गाली गरेपछि कुटाकुट भएको पक्राउ परेका दुई आरोपीले प्रहरीलाई बयान दिएको झापा प्रहरीका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए । ‘आपसी विवादपछि उनीहरु दुबै घरतर्फ लागेकोमा फेरि फर्किएर आक्रमण गरेको देखिन्छ’, एसपी कोइरालाले भने । सुरुमा ढुङ्गाले टाउकोमा हानेर बेहोस बनाएपछि घिसार्दै लगेर फेरि अर्काे पटक पनि ढुङ्गाले टाउकोमा हानेर चक्कुले शेखको संवेदनशील अंग काटी हत्या गरेको खुलेको कोइरालाले बताए ।

    अचेत अवस्थाका रहेका सेखको यौनाङ्ग काटेर छुट्याएपछि अभियुक्तले स्थानीय ऐनकुमार राजवंशीको खेतको बीचमा रहेको परालको कुन्युमा लगेर फ्याँकेका थिए । लगत्तै उनीहरुले कुन्युमा आगो लगाएर सेखको हत्या गरेको प्रहरीले जनाएको छ । घटनाको भोलिपल्ट पनि उनीहरुले तीन पटकसम्म अलि टाढाबाट घटनास्थल हेरेको प्रहरीलाई बयान दिएका छन् । चारपाने चोकदेखि दुई सय मिटर दक्षिणमा जलेको अवस्थामा सेखको शव भेटिएको थियो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …