• भोजपुर । ‘तिम्रो पाउजु सुनेर थाहा पाए अरुले’ गितको बोलसंगै स्टेजमा ईन्ट्री मारेका डम्बर नेपालीको गित सुन्न लालायित भोजपुरे युवाहरुको खुट्टा म्युजिकको तालमा उफ्रिन बाध्य भयो । बढो रोमाञ्चक ईन्ट्री मारेका डम्बरको गित सुन्न भिडमभाड दर्शकको चिच्याहट र उफ्राईले ओसिलो टुँडिखेलमा बुङ्बुङ्ती बाक्लो धुलोले पुरिएको थियो ।
    मध्यान्ह ढल्नेबेला मञ्चमा आएका डम्बरले ‘मलाई बिर्सेर जाने भए जाउ’, ‘बिग्रेको मान्छे म’, ‘टाढा नलैजाउ तिमी मेरो मायालाई’, ‘सबै साथि गए’ लगायत अति हृदयस्पर्शी गित संगितले भोजपुरे दर्शकको मन जित्न सफल भए । डम्बरले भोजपुरमा आएर दर्शकको न्यानो माया पाउँदा आफु एकदमै खुशी भएको ईच्छा व्यक्त गरे ।
    गायक डम्बरका साथै अतिथी आमन्त्रित चर्चित हाँस्य कलाकार श्रीकृष्ण लुईटेल ‘बोकेदारी’ को बेजोड गितसहितको हाँस्य प्रस्तुतीले भोजपुरेलाई पेट मिच्ने गरि हँसाएर माहोललाई अझ तताए । माघे संक्रान्तीको अवसर पारेर आयोजित साँस्कृतिक कार्यक्रममा धरान र ईटहरीको ए टु जेट डान्स गु्रपका कलाकारको बेजोड नृत्य प्रस्तुती रहेको थियो ।

     
























सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…