• बिर्तामोड । संवेदनशील अङ्ग (अण्डकोषसहितको गु प्ताङ) छिनाएर भारतीय नागरिकको हत्या गरी श वलाई जलाएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

    बिर्तामोड नगरपालिका–२ चारपानेमा डेरा गरी बस्ने भारतीय नागरिक ४० वर्षीय सुवास शेखको ह त्या मा सं लग्न भएको आरोपमा पक्राउ परेका सोही ठाउँका २० वर्षीय करन चौधरी र १८ वर्षीय लक्ष्मण यादवलाई इलाका प्रहरी कार्यालय अनारमनीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

    सो अवसरमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले मादक पदार्थ सेवन गरेर सामान्य विवादमा शेखको हत्या गरेको र हत्यपछि चौधरी र यादवले उनको शवलाई स्थानीय ऐनकुमार राजवंशीको खेतमा राखिएको परालमा ज लाएका हुन्।

    शेख चारपानेमा विगत १० वर्षदेखि बसोवास गर्दै आएको र सोही क्षेत्रमै मजदूरी गर्दै आएका थिए। सोमबार साँझ यादव, चौधरी र शेख तीनै जना स्थानीय होटलमा सँगै बसेर मादक पदार्थ सेवन गरेको र आपसी विवादका क्रममा शेखलाई यादव र चौधरीले टाउकोमा ढुङ्गा प्रहार गर्दै बेहोस बनाएर पराल राखेको ठाउँसम्म घिसारेर पुर्‍याएको तथा संवेदनशील अङ्ग काटेर परालमा आगो लगाएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

    पक्राउ परेका चौधरी र यादवलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए।

    प्रहरीले पक्राउ परेका व्यक्तिको साथबाट संवेदनशील अ ङ्ग काट्न प्रयोग गरिने च क्कु एक थान, मृ तकलाई आगो लगाउन प्रयोग गरिने लाइटर एक थान, मृतकको लेनोभो कम्पनीको कालो मोबाइल एक थान, मृ तकले प्रयोग गरेको सिम कार्ड, घटना घटाउँदा लक्षण यादवले लगाएको रागतजस्तो रातो लागेको दाग भएको एक थान भेस्ट र घटना घट्नुभन्दा अगाडि बुद्धिमाया राईको पसलबाट किनेको चुरोट तथा चुरोटका ठुटासमेत बरामद गरेको छ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…