• बाहुण्डाँगी । गल्याङ जेसीजको दोस्रो पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
    नेपाल जेसिजका पुर्व अध्यक्ष सिनेटर रविन्द्र गुरुङ को प्रमुख आथित्यता रहेको समारोहमा विशिष्ठ अतिथि गल्याङ नगर सरकार प्रमुख श्री भुपराज अधिकारी, गरिमा विकास वैकका संचालक समितिका सदस्य श्याम प्रसाद वश्याल, युवा नेता गुरु प्रसाद भट्टराई, उद्योग वाणिज्य संघ स्याङ्जाका पुर्व अध्यक्ष महेन्द्र श्रेष्ठ, नेपाल जेसिज राष्ट्रिय तालिम आयुक्त शिव सुवेदी, उद्योग वाणिज्य संघ गल्याङका सभापती यज्ञ अर्याल, नेपाल जेसिजका पुर्व राष्ट्रिय उपाध्यक्ष अमृत अर्याल रहनुभएको थियोे ।


    प्रमुख अतिथी नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर रबिन्द्र गुरुङले जेसिजको उदेश्य १८ देखि ४० वर्ष सम्मका युवाहरूको नेतृत्व र व्यक्तित्व विकास रहेको बताउनुभयो । जेसिजका ४ अवसरका क्षेत्रहरु रहेका र ती अवसरहरु व्यक्तिगत विकास, उद्धमशिलता विकास, सामुदायिक विकास र अन्तर्राष्ट्रिय सुसम्बन्ध विकास रहेकोले ती अवसर प्राप्त गर्न समुदायका अगुवा संग आव्हान गर्नुभयो ।

    नगर प्रमुख भुपराज अधिकारीले जेसिजले जेसिजसङ्ग नगरपालिकाले सहकार्य गर्न चाहेको बताउनुभयो । वहाँले नगरपालिकाले भोको पेटमा असल शासन नहुने भएकोले उत्पादन सङ्ग जोडेर असल शासन स्थापित गर्न खोजेको बताउनुभयो । वहाँले नगरलाई बालमैत्री नगर बनाउन लागि परेकाले जेसिज युवाहरुले यसमा सघाउन आव्हान गर्नुभयो ।

    नेपाली कांग्रेस महासमिति सदस्य तथा लायन्स क्लब अफ गल्याङ सिटीका चार्टर अध्यक्ष श्यामप्रसाद बस्यालले आफुले लायन्स क्लब खोलेको अनुभव सुनाउदै सामाजिक सेवामा संगै बढ्ने इच्छा व्यक्त गर्नुभयो ।

    युवा नेता गुरु प्रसाद भट्टराईले आफुलाई गल्याङ जेसिजले मानार्थ सदस्यको संमान दिएकोमा कृतज्ञता व्यक्त गर्नुभयो । वहाँले जेसिजले विधीको शासनलाई अंगिकार गरेको र त्यसलाई सरकार र राजनैतिक दलले पनि अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

    उद्योग वाणिज्य संघका पुर्व जिल्ला अध्यक्ष महेन्द्र श्रेष्ठले आफुले स्थापना गरेको युवा क्लबको अनुभव सुनाउदै गल्याङ जेसिजलाई सामाजिक काममा क्रियाशिल बन्न आग्रह गर्नुभयो ।

    नेपाल जेसिज तालिम आयुक्त शिव सुवेदीले गल्याङ जेसिजले माग गरेका तालीम कार्यक्रम मार्फत सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    पुर्व राष्ट्रिय उपाध्यक्ष अमृत अर्याल जेसिजले दीर्घकालीन अवसर सिर्जना गर्छ भन्नुभयो । वहाँले एउटा अन्डालाई फुटाउदा जीवनको अन्त हुन्छ र अन्डालाई आफैं फुट्न दिदा जीवनको शुरूवात हुन्छ । जेसिजले अण्डालाई आफैं फुट्न दिने माहोल बनाउछ भन्नुभयो ।

    मातृशाखा वालिङ जेसिजका पुर्व अध्यक्ष लक्ष्मण अधिकारीले जेसिज बाट नेतृत्व र समाजले धेरै कुरा सिक्नसक्ने बताउनुभयो । वहाँले राम्रो मिटिङ कसरी राख्ने रु नेतृत्वका गुणहरु लगायतका कुराहरु जेसिज मार्फत सिकेर नगरपालिकाको कामलाई अझै प्रभावकारी ढंगले गर्न सकिने बताउनुभयो ।

    गल्याङ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सुर्य प्रसाद भट्टराईले जेसिजको विचार आफुलाई मन परेको र जस्तोसुकै सहयोग गर्नुपरे पनि पछि नपर्ने बताउनुभयो ।

    कार्यक्रममा मातृ शाखाका अध्यक्ष होमकान्त गौतम, पोखरा जेसिजका अध्यक्ष शिव सुवेदी, भीरकोट जेसिजका संस्थापक अध्यक्ष उमेश गुरुङ, लायन्स क्लब अफ गल्याङ सिटीका अध्यक्ष जनक श्रेष्ठ, विभिन्न बैंकका म्यानेजर एवं प्रतिनिधिहरु, गल्याङ बहुमुखी क्याम्पसका प्राध्यापकहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधी ज्यूहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, विभिन्न पेशाकर्मीहरु, संचारकर्मीको उपस्थिति रहनु भएको थियो ।

    कार्यक्रममा वर्ष २०१९ का अध्यक्ष जेसी शिव प्रसाद खनालले सभाध्यक्षता गर्नु भएको थियो भने जेसी दर्वेन्द्र देव खनालले उदघोषकको भुमिका निभाउनु भएको थियो । दोस्रो चरणको सभाध्यक्षता २०२०का अध्यक्ष जेसी दर्वेन्द्र देव खनाल र कार्यक्रम संचालक महासचिव खगेन्द्र भण्डारी रहनुभएको थियोे ।

    वर्ष २०२० को लागि निर्विरोध निर्वाचित अध्यक्ष जेसी दर्वेन्द्र देव खनालको गलामा वालिङ जेसिजका पुर्वअध्यक्षहरुले चादीको चेन लगाईदिनु भएको थियो ।
    पद हस्तारण पश्चात अध्यक्ष खनालले वर्ष २०२० को लागि विभिन्न पदमा जेसीज मित्रहरुलाई मनोनित गर्नु भएको थियो। कानुनी सल्लाहकारमा जेसी विष्णु अधिकारी, महासचिवमा जेसी खगेन्द्र भण्डारी, कोषाध्यक्षमा जेसि सुनिल पाठकलाई मनोनीत गर्नु भएको थियो।

    कार्यक्रममा गल्याङ जेसिज स्थापनार्थ महत्त्वपूर्ण भुमिका खेल्दै शाखाका हरेक गतिविधिहरुमा योगदान पुर्याउनु भएका सामाजिक व्यक्तित्ब गुरु प्रसाद भट्टराईलाई मानार्थ सदस्यता द्वारा सम्मानित गरिएको थियोे । त्यस्तै गल्याङ जेसिज खोल्न उल्लेखनीय भुमिका खेल्नुहुने मातृशाखा वालिङ्का पुर्व अध्यक्ष लक्ष्मण अधिकारी, नेपाल जेसिजका राष्ट्रिय तालिम आयुक्त शिव सुवेदी र गल्याङ जेसिजमा तालिम कार्यक्रम मार्फत महत्त्वपूर्ण योगदान पुर्याउनु भएका पुर्व राष्ट्रिय उपाध्यक्ष अमृत अर्याललाई सम्मानित गरिएको थियोे । त्यसैगरी मातृशाखा वालिङ्का पुर्व अध्यक्षहरुलाई दोसल्ला ओढाई संमान गरिएको थियोे ।

    कार्यक्रम कालीगण्डकी यातायात प्रालिको सभाहलमा सम्पन्न भएको थियो। उक्त कार्यक्रमको संयोजक जेसी प्रतिमा भट्टराई रहनु भएको थियो।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…