माघ २५ पथरी ।
नेशनल प्याब्सन पथरी शनिश्चरेको पहिलो अधिवेशनले थिर प्रसाद आचार्यको अध्यक्षता पाएको छ ।
शुक्रवार बाल नमुना विद्या मन्दिरमा भएको पहिलो ऐतिहासिक भेलाले आर्चाय सहित समितीको उपाध्यक्षमा चन्द्र बहादुर चोङबाङ, सचिब सरोज तिम्सिना, सह सचिव पुकार राई, कोषाध्यक्षमा शुशिला मगर र सदस्यहरुमा चन्द्र बहादुर राई र विनोद तामाङ्ग चयन हुनुभएको हो ।
गत बर्षबाट सक्रिय बनेको एन प्याब्सन पथरी शनिश्चरेले ऐतिहासिक संज्ञा दिएको प्रथम नगर अधिवेशन बाट ७ सदस्यी कार्यसमिति चयन गरेको हो ।
पथरी शनिश्चरे नगरपालिका भित्र रहेका १५ वटा निजि विद्यालयहरुको साझाँ संगठन एन प्याब्सन पथरी शनिश्चरेले आगामी दिनहरुमा अन्य विद्यालयहरुलाई समेत संगठनमा सामेल गराउने योजना बनाएको सो अधिवेशनमा बताईको छ ।सो अधिवेशनलाई सम्वोधन गर्दै प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक महासंघका केन्द्रिय उपमहासचिव दिनानाथ तिम्सिनाले सरकारले तयार गरिरहेको शिक्षा नीति निजि विद्यालयहरुको हितमा नहुन सक्ने तर्फ सचेत रहन आग्रह गर्दै निन्तर खबरदारी गर्नु पर्ने धारण राख्नु भयो ।
तिम्सिनाले कार्यक्रममा बोल्दै विभिन्न समयमा शिक्षा समिती मार्फत थप कक्षा संचालनका लागि अनुमति दिन दबाब सिर्जना गरेको स्मरण समेत गर्नुभया ।
त्यस्तै कार्यक्रममा बोल्दै निवर्तमान संयोजक कमल खरेलले प्याब्सन मात्रै निजि विद्यालयहरुको संगठन मानिने र दबदबा रहेको अवस्थामा आफ्नो हक र अधिकारका लागि संघर्ष गर्न एन प्याब्सन नगर समिती गठन गरिएको टिप्पणी गर्नु भयो ।
साथै खरेलले नगरले गठन गरेको नगर शिक्षा समिती अपुर्ण रहेको दावी गर्नु भयो । सो समितीमा प्याब्सनको तर्फबाट गएका सदस्यहरु निजि लगानीकर्ता नभएको र समितीमा निजि लगानीकर्ता नभए सम्म निजि विद्यालय र निजि लगानीकर्ताको पिडा बुझ्न नसक्ने बताउनु भयो ।
कार्यक्रममा नेशनल प्याब्सन केन्द्रिय उपाध्यक्ष र प्रदेश अध्यक्ष जय बहादुर श्रेष्ठको समेत आतिथ्यता रहेको थियो ।