• काठमाडौं माघ ३ गते । ‘कला संस्कृति भाषा साहित्य धर्म भेषभुषा हाम्रो पहिचान, तामाङ एकताको साझा मुद्धा तामाङ फाउण्डेसन नेपालको अभियान’ भन्ने मुल नाराका साथ तामाङ फाउण्डेसन नेपालले २८५४ औं सोनाम ल्होछारको अबसरमा बिहीवार बृहत र्यालीको आयोजना गर्ने भएको छ ।
    तामाङ जातिको साँस्कृतिक पर्व मञ्जुश्री खि ल्हो (कुकुर वर्ग) लाई स्वागत गदै सोनाम ल्होछारको अवसरमा उक्त र्यालीको आयोजना गर्न लागिएको हो ।
    काठमाडौको भद्रकाली देखि सुरु हुने र्याली भृकुटी मण्डपमा पुगेर बिबिध साँस्कृतिक कार्यक्रम  हुने तामाङ फाउण्डेसन नेपालका अध्यक्ष अरुण घिसिङले जानकारी दिनुभयो । साथै सम्पूर्ण तामाङ जातिलाई जातिय भेषभुषा सहित र्यालीमा उपस्थित हुन उहाँले आग्रह गर्नुभयो । पछिल्लो समय जातजातिको कलासंस्कृतिलाई संरक्षण  गर्न राज्य चुकिरहेको बताउदैं त्यस तर्फ ध्यानआकर्षण गराउन बृहत र्याली निकाल्न लागिएको उहाँको भनाई छ । यसैबिच सरकारले सोनाम ल्होछारको अबसरमा सार्वजनिक बिदा दिएको छ । यद्यपि नेपाल तामाङ  घेदुङले  भने ल्होसारको मिति फरक परेकाले विदा सार्न माग गर्दै आएका छन् ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…