बाहुण्डागीँ । मेचीनगर ४ स्थित बाहुण्डागीमा रहेको विद्या विकास एकाडेमीले विविध कार्यक्रम गरी आफ्नो रजत जयन्ती मनाएको छ ।
विद्यालयले रजत जयन्तीको अवसरमा माघ २१ गते बाट विविध कार्यक्रम सुरु गरेको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि विद्या विकास एकाडेमीका जन्मदाता रमेश दाहालले गरेका थिए ।
उद्घाटन सत्रमा प्रमुख अतिथि दाहाल, विशेष अतिथि प्याप्सन झापा अध्यक्ष एलपी उप्रेतीलगायतले बोलेका थिए । विद्यालयका निर्देशक बद्री निरौलाले कार्यक्रमको औचित्य माथी प्रकास पारेको थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण आचार्यको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा स्वागत प्रिन्सिपल तथा कार्यक्रम संयोजक चन्द्रकर गौतम र सञ्चालन सहायक प्रिन्सिपल श्यामराज आचार्यले गरेका थिए ।
त्यसैगरी दोस्रो दिन माघ २२ गते रक्तदान तथा आँखा सम्बन्धी स्वास्थ शिबिर सम्पन्न भएको थियो । रेडक्रस झापा साखाको प्रविधिक सहयोग रहेको रक्तदान कार्यक्रममा ५महिला र २४ पुरुष गरी जम्मा २९ जनाले रगत दिएका थिए । त्यसैगरी आँखा सम्बन्धी स्वास्थ शिबिरमा १ सय ८६ जना अभिभावकहरुले आँखा परिक्षण गराएका थिए ।
मेचीनगरमा रहेका संस्थागत विद्यालयहरु बीच विविध खेलकुद प्रतियोगिता समेत सम्पन्न भएको थियो । २३ र २४ गते सम्पन्न भलिवल प्रतियोगितामा थेसिस ईङलिस स्कुल बडाखालले उपाधी हात पारेको थियो भने फाइव स्टार धुलावार उपविजेता बनेको थियो त्यसैगरी क्रिकेट प्रतियोगितामा काँकरभिट्टा स्थित तारापुञ्ज बोर्डिङ स्कुलले विजयी भएको छ भने गंगा मेमोरियल ईङलिस स्कुल नकलवन्दा उपविजेता बनेको थियो । प्रतियोगितामा मेचीनगरका ११वटा स्थागत विद्यालयले सहभागिता जनाएका थिए । शनिवार सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नगर खेलकुद विकास समिति संयोजक नविन बरालले संस्थागत विद्यालयले पुर्याएको योगदान को चर्चा गर्दै बैज्ञानिक शिक्षमा जोड दिए । कार्यक्रममा विशिष्ट अतिथि झापा प्याप्सनका उपाध्यक्ष अजय आले मगर ,मेचीनगर प्याप्सन उपाध्यक्ष डम्वर रुचाल , बाहुण्डागीँ जेसिजका अध्यक्ष कञ्चन उप्रेती , विद्यालयका निर्देशक बद्री निरौलालगायतले बोलेका थिए ।
समापन कार्यक्रममा बिभिन्न जातजातीले आ–आफ्नो भेष भुषमा फेसन सो तथा नृत्य प्रस्तुत गरेका थिए भने पूर्व विद्यार्थीहरुको आरम्भ व्याण्डको प्रस्तुती तथा साना नानिहरुको राईम्स समेत प्रस्तुत गरिएको थियो । विद्यालयका प्रिन्सीपल चन्द्राकर गौतमले स्वागत गरेको कार्यक्रमको सञ्चालन पूर्व विद्यार्थी स्मृती खतिवडाले गरेकी थिईन् ।
स्मरण रहोस् यो विद्यालय बाहुण्डाँगीको पुरानो विद्यालय मध्येको एक हो ।