इटहरी । इटहरीका मेयर द्धारिकलाल चौधरीले ब्यक्तिगत रिसिईबी साध्न आफ्नो पान पसल बन्द गराएको भन्दै इलाका प्रहरी कार्यलयमा उजुरी हालेका छन ।
सुनसरी पान पसलका सञ्चालक सुवास साहले इटहरीका मेयर विरुद्ध प्रहरीमा सार्वजनिक मुद्धा दिएका हुन । मेयर चौधरीले पदको दुरुपयोग गर्दै आफुलाई केहि दिन देखि मानसकि तनाब दिनुको साथै ब्यवसाय बन्द गरिदिएको भन्दै उजुरी दिएका हुन । द्धारिकलाल चौधरीले आफ्नो गरिखाने भाडो बन्द गराउन लागेको र शान्तीसुरक्षा समेत माग गर्दै उनले प्रहरीमा उजुरी दिएका हुन ।
पान पसल गरेर कसरी पैसा कमाईस ? भन्दै आफुलाई तथानाम गाली समेत गरेको ब्यवसायी साहले बताए । मेयर चौधरीलाई कडा कार्वार्हीको माग गर्दै प्रहरीमा उजुरी दिएको साहको भनाई छ ।