• दुई छोरीकी एक आमाले अ’वैध यौ’न सम्बन्धका कारण ज्या’न गु’माउनुपरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले यही माघ २४ गते विराटनगर–१२ मलङ्गवाको चक्रपथस्थित उखुबारीमा ह’त्या गरी बे’वारिस अवस्थामा फे’ला पारेको थियो । महिलाको ज्या’न जानुको कारण अ’वैध यौ’न सम्बन्ध रहेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय मोरङले आज यहाँ पत्रकार सम्मेलन गरी सुनसरीको दुहवी नगरपालिका–६ बस्ने ३२ वर्षीया सम्झना खत्री परियारको ह’त्याको आरोपमा सप्तरी जिल्ला मट्टिगढा घर भई मोरङको बूढीगङ्गा गाउँपालिका–३ पोठियामा डेरा गरी बस्ने २५ वर्षीय सुरेन्द्रप्रसाद साहलाई प्रकाउ गरी आज यहाँ सार्वजनिक गरेको छ ।

    सुनसरीको दुहवी नगरपालिका–६ बस्ने सम्झना खत्री परियारको ह’त्याको आ’रोपमा पक्राउ परेका सप्तरीको मट्टीगढा घर भएका मोरङको बुढीगंगा गाँउपालिका –३ पोठियामा डेरा गरी बस्ने सुरेन्द्रप्रसाद साहलाई आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय मोरङ । सम्झना माघ २४ गते (शुक्रबार )विराटनगर –१२ स्थित मलङ्गवा पश्चिम उखुबारीमा मृ’त अवस्थामा फे’ला परेकी थिइन । तस्वीरः मनोज दाहाल÷रासस
    क्वालिटी नूडल्स उद्योगमा स्टोर इन्चार्ज भई कार्यरत साहको विगत तीन वर्षदेखि परियारसँग अ’वैध यौ’न सम्बन्ध रहेको अनुसन्धानमा पत्ता लागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले जानकारी दिनुभयो । मृ’तक परियारले आ’रोपित साहको डेरामा दैनिक जाने, खाना बनाइदिने, कपडा धोइदिने लगायतका घरेलु कार्य गर्ने गरेको र बेलाबेलामा घुम्न जाने गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

    आ’रोपित साहले मृ’तक परियारलाई यही माघ २१ गते मोबाइल गर्दा नउठाएको, कोठामा ताल्चा लगाई सम्पर्कवि’हीन भएकाले खोज्ने क्रममा मोरङको बाँसबारीमा भेटी मोटरसाइलमा सँगै विराटनगर–१२ स्थित चक्रपथ हुँदै मलङ्गवाको पश्चिम उखुबारीमा आपसी वि’वादका क्रममा रिसको अ’वेगमा सलले घाँ’टी थि’ची बाँसलाई धा’रिलो ह’तियार बनाई ह’त्या गरेको स्वीकारेका छन् ।

    प्रहरीले माघ २४ गते बे’वारिस अवस्थामा फे’लाको परियारको मृ’त शरीरलाई पहिचानका लागि स्थानीय एफएम रेडियो, सामाजिक सञ्जालमा सार्वजनिक गरेको दुई घण्टाभित्र सम्पूर्ण विवरण प्राप्त भएको प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

    परियारका श्रीमान् वसन्त परियार इलाममा कार्य गर्ने गरेको र श्रीमती ह’राएको सम्बन्धमा सोधिखोजी गर्दा साहको नामसहित जाहेरी इलाका प्रहरी कार्यालय मोरङको निमुवामा दिएकोमा अनुसन्धान कार्यमा सहज भएको प्रहरीले जनाएको छ । प्रहरीले मृ’तक परियारलाई घ’टनास्थलमा बोकेर लगेको साहले प्रयोग गर्ने मोटरसाइकल र मोबाइल दुई थान बरामद गरेको छ ।

    मृ’तक परियारका १६ र १२ वर्षीय दुई छोरी छन् । परियारको ह’त्यारा पत्ता लगाउन प्रहरीले प्रशिक्षित प्रहरी कुकुरसमेत प्रयोग गरेको थियो । प्रहरीले आरोपी साहलाई थप अनुसन्धानका लागि जिल्ला अदालत मोरङमा म्याद थप गरेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…