• सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको पाइएको छ । सामाजिक विकास मन्त्रालयले डिलासैनी गाउँपालिकालाई हस्तान्तरण गरी सञ्चालनमा ल्याइएको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको छ । आइतबार कञ्चनपुरबाट डिलासैनी गाउँपालिकातर्फ जाँदै गरेको सु प प्र ०१ ००१ झ ३४६ नंको एम्बुलेन्समा म’रेको चित्तल फेला परेको प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिनुभयो ।

    उहाँले इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जाँच गर्दा एम्बुलेन्समा चित्तल फेला परेको बताउनुभयो । चित्तल कहाँबाट ल्याइएको भन्ने खुल्न सकेको छैन । एम्बुलेन्स चालक महेश बोहरा र एम्बुलेन्स प्रहरी नियन्त्रणमा छन् । उक्त चित्तल वन कार्यालयलाई बुझाइएको र चालकलाई कानूनअनुसार का’र्वाही गरिने प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारले गत कात्तिकमा डिलासैनीसहित १६ स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…