• काठमाडौं, २७ माघ । प्रधानसेनापतिले नेपाली सेनाभित्र सुशासन र भ्रष्टाचार विरोधी अभियान सञ्चालन गरिराखेको प्रचार भइरहँदा जंगी अड्डाबाट लगभग एक किलोमिटर पूर्वमा रहेको नेपाली सेनाको बहुव्यावसायिक उद्योगलाई भने धरासायी पार्ने खुरापात भइराखेको छ ।

    गत वर्ष नेपाली सेनालाई आवश्यक पर्ने २० हजार थान ज्याकेट यही बहुव्यावसायिक उद्योगमा तयार पारिएको थियो । त्यसरी उत्पादित ज्याकेटहरुको प्रतिगोटा मूल्य लगभग २८–२९ सय रुपैयाँ लागत खर्च आएको थियो र सेनालाई आवश्यक पर्ने ज्याकेट उत्पादन तथा तयारी गर्नकै लागि भनेर नेपाली सेनाले ३० वटा भन्दा बढी सिलाई मेशिन पनि खरिद गरेको थियो ।

    तर, यो पटक नेपाली सेनाले १३ हजार ५ सय ज्याकेट आवश्यक परेको भनेर टेण्डर प्रकाशित गरेर सेनाको आफ्नै उद्योगलाई धरासायी पार्ने काम सार्वजनिक रुपमा नै गरेको छ । सेनाले यी ज्याकेट खरिद गर्नका लागि प्रतिगोटा ६ हजार ५ सय रुपैयाँ लागत अनुमान छुट्याएको स्रोत बताउँछ ।

    जबकि एक वर्ष अगाडि आफ्नै कारखाना बहुव्यावसायिक उद्योगले सेनालाई आवश्यक पर्ने ज्याकेट २८–२९ सय लागतमा उत्पादन गरेको सेनाकै सूत्रले बताउँछ । आफैंले उत्पादन गरेको भन्दा दोब्बरभन्दा बढी मूल्यमा खरिद गर्नुपर्ने अवस्था नेपाली सेनालाई रैथाने सप्लायर्स तथा ठेकेदार रितेशकुमार अग्रवालका साथै सँगै केही पहुँचवाला जर्नेलहरुको आर्थिक स्वार्थको कारण आएको हो भनिन्छ ।

    नेपाली सेनाको रैथाने सप्लायर्स तथा ठेकेदार अग्रवालका निम्ती नै बहुव्यावसायिक उद्योगबाट आधा मल्यमा उत्पादन गर्न छाडेर कमिशनसमेत आउने कारणले गर्दा पहुँचवाला जर्नेल–कर्णेलहरुले १३ हजार पाँच सय ज्याकेट सप्लाईका निम्ती टेण्डर निकालेको स्रोत बताउँछ ।

    यसैबीच सम्भार विभागजस्तो नेपाली सेनाको सबैभन्दा महत्वपूर्ण विभागको जिम्मेवारी सम्हालिराखेका उपरथी प्रभुराम शर्माले खोपाको देउताको मात्र भूमिका निर्वाह गरिरहँदा नेपाली सेनाको सम्भार रथी विभागमा कुनै ठोस सुधार हुन सकेको छैन ।

    प्रधानसेनापति पूर्णचन्द्र थापाको उत्तराधिकारी नेपाली सेनाको भावी प्रधानसेनापतिको रुपमा हेरिएका प्रभुराम शर्मा २०७७ बैशाख १३ गतेबाट रथी गौरव टण्डुल अवकाशमा गएपछि रथीमा बढुवा नभएसम्म विवादमा आउने कुनै पनि काम नगर्ने मनस्थिति बनाएर बसेको सैनिक स्रोत बताउँछ ।

    उपरथी प्रभुराम शर्मा निष्क्रिय भएर बस्दा संभार रथी विभागभित्र विगतमा जस्तै बेथिती व्याप्त रहेको गुनासो सुनिन्छ । नेपाली सेनाका लागि गुणस्तरीय सामान खरिद, स्वस्थ, स्वच्छ ढंगले टेण्डर आव्हान, खुल्ला र सहज प्रतिस्पर्धा टेण्डरका साथ साथै नमूना उपलब्धको अपेक्षा उपरथी शर्माबाट गरिए पनि हात लाग्यो शून्यको अवस्थामा विभाग रहेको सेनाका अधिकृतहरु बताउँछन् ।

    आवश्यक सरसल्लाह र कामका लागि आउने बाहिरिया मानिसहरुलाई उनले आफू मातहतको एक जना सुवेदारको साथ लगाइदिने गरेका छन् भने उपरथी शर्मा यसरी बढुवा नभएसम्म कुनै पनि महत्वपूर्ण निर्णय नगर्ने भनेर हात बाँधेर बस्दा सम्भार विभागका सहायक रथी निरज पौडेलका निम्ती भने चाँदी कटाईको अवसर प्राप्त भइराखेको सैनिक स्रोत बताउँछ ।

    प्रचण्डको जिल्लामा ईश्वरका दूत
    प्रहरी प्रधान कार्यालयले २०७६ माघ २१ मा गरेको एसपी सरुवामा नान्तिराज गुरुङ चितवन, गंगा पन्त पर्सा, कृष्ण पंगेनी बारा सरुवा भएका छन् । एसपीहरु दीपक रेग्मी पूर्वी नवलपरासी, मोहन पोखरेल गण्डकी प्रदेश र अशोकसिंह प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा काम सरुवा गरिएको छ ।

    गंगा पन्तको यसअघि चितवन सरुवा भएको थियो । तर, चितवनका एसपी दानबहादुर मल्लले रमाना बुझ्न नमानेपछि सरुवा विवादमा परेको थियो । एसपी दानबहादुर मल्लले रमाना बुझ्न नमानेपछि सरुवा विवादमा परेको थियो ।

    नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जिल्लामा सोद्धै नसोधी पन्तलाई सरुवा गरिएको विषय पनि उठेपछि चितवनमा डीएसपी एकनारायण कोइरालाले नै क महिना निमित्त प्रहरी प्रमुखको काम गर्दै आएका थिए । केही वर्षअघि प्रचण्डलाई रिप लेखेको विषयमा पनि एसपी पन्तको आलोचना हुँदै आएको थियो ।

    पन्तलाई नपठाई नान्तिराज गुरुङलाई चितवन पठाउने योजनाकार भने १ नम्बर प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिका गुरुङ रहेको समाचार छ । एसपी गुरुङ र अम्बिकाको घर ओखलढुंगाको रुम्जाटार नै हो ।

    अम्बिका गुरुङले रक्षामन्त्री ईश्वर पोखरेलबाट पनि भनसुन गराई उनलाई चितवन पठाउन सफल भएको प्रहरी स्रोत बताउँछ । अम्बिका गुरुङको वर्तमान आईजीपी सर्वेन्द्र खनालसँग पनि बाक्लो उठबस छ ।

    त्यसो त विभिन्न व्यक्तिसँग लिएको रकम फिर्ता नगर्ने र व्यक्तिको जग्गा समेत हडप्ने भनेर चिनिएका अम्बिकाको प्रहरीका हरेक प्रमुखसँग सुसम्बन्ध रहिआएको छ ।

    अम्बिका गुरुङको योजनामा ईश्वर पोखरेलको जोडबलमा चितवनमा लगिएका एसपी गुरुङले प्रचण्डको राजनीतिक मैदानमा उनलाई के कसरी सहयोग वा असहयोग गर्छन् त्यो भने आगामी दिनमा देखिनेछ ।

    प्रहरी सरुवा बढुवामा चासोका साथ लाग्दै आएका उपराष्ट्रपति नन्दबहादुर पुन पुत्र दिपेश पुन र गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकले भने चितवनमा एसपी ओम रानालाई पठाउन दबाब दिइरहेका थिए,

    साँघुमा उल्लेख छ ।

    तर, आईजीपी सर्वेन्द्र खनालले रानाको छवि राम्रो नभएका कारण पठाउन सकेनन् । दिपेश र प्रतीकले ओम रानालाई पठाउन नसकेपछि नान्तिराजकै पक्षमा लबिङ गर्न थालेका थिए । राना सरुवा नभए पनि गुरुङ भएकोमा उनीहरु फुरुङ्ग परेको प्रहरी स्रोत बताउँछ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…