• गायक गायिका निर्मल सुब्बा र लक्ष्मी योङहाङद्वारा गाइएको पहिलो लिम्बू गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । ‘चासोक तङनाम पेगिरो…’ बोलको गीत रहेको शब्दलाई हर्क योङहाङ र संगीत अशोक लोहरुङ राईको रहेको छ । भिडियोमा हङकङबासी भीम तुम्बाहाम्फे, गायिका लक्ष्मी योङहाङ र शैलेन्द्र थेबेले अभिनय गरेका छन् । भिडियोको नृत्यकारहरु अरुणपूर्व केलाङ समूह र याक्थुङ हाक्पारे पालाम सयङले गरेको हो । भेषभुषा सिक्वेन्स फेसन हाउसले संयोजन गरेको छ । अर्जुन तिवारीको छायांकन, दिनेश माङ्मुको कोरियोग्राफी र निशान घिमिरेको सम्पादन रहेको छ । हाल पोष्टप्रोडक्सनमा रहेको भिडियोलाई चर्चित निर्देशक लोकेन साँवाले गरेका हुन् । युवायुवतीको प्रेम र भावलाई सँधै भिडियोमा उतार्ने साँवाले यसपटक जागरण गीतलाई भिडियोमा उतार्ने जमर्को गरेका हुन् । फरक काम गरेकोले निर्देशक धेरै आशावादी रहेका छन् ।



सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…