मोरङ । मोरङ पथरीशनिश्चरे नगर-१, स्थित एभरेस्ट आभासीय माविले सांस्कृतिक मनोरञ्ज, पुरस्कार वितरण तथा पूर्ब विध्यार्थीलाई सम्मान गरेर आज (माघ २७)आफ्नो ३४ औं बार्षिक उत्सव मनाएको छ ।
एभरेस्ट स्कुल नगरकै जेठो र प्रदेश १ मा एसईई तथा ११-१२ कक्षामा उत्कृष्ट नतिजा ल्याउदै आएको विध्यलय हो ।
स्कुलले बार्षिक उत्सवको अवसरमा विधार्थीहरुद्वारा र्याम्प मार्फत विभिन्न जातीय भेषभूषा र संस्कृति प्रस्त्तुत गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा अभिभावक डा. उमेश गुरागाईले पथरी आएर स्कुल छ्नौट गर्ने क्रममा एभरेष्ट उत्कृष्ट भएको जानकारी पाएर नानिलाई भर्ना गरेको बताए ।
कार्यक्रमको प्रमुख अतिथी नेपाल जेसीजको अध्यक्ष अशोक शंकरले छोराछोरीका लागि शिक्षामा लगानी गरे भविश्य सुरक्षित हुने बताए । एभरेस्टको अभिभावकसमेत रहेका शंकरले शिक्षकहरुलाई अन्तर्राष्ट्रिय तहको तालिम दिए अझ राम्रो हुने बताएका छन ।
विध्यालयको निर्देशक रविन कन्दङवा सबै विध्यार्थीसंग क्षमता हुने भएकोले अभिभावकले चिन्नु पर्ने बताए । कन्दङ्वाले मानिसको दु:खमा मात्र होस खुल्ने भएकोले त्यो महसुस गराउनु पर्ने बताए । जीवन विश्वविध्यलय भएकोले त्यहिबाट ज्ञान हाँसिल गर्न अभिभावकले सु:ख भन्दा विध्यार्थीलाई यथार्थ जानकारी गराउनु पर्ने निर्देशक कन्दङ्वाले बताए ।
आफ्नो भूपु विधार्थी पथरी जेसीजको पूर्व अध्यक्ष व्यबसायी टिकाविक्रम चौहानलाई सम्मान गरिएको कार्यक्रम अभिभावक संघका अध्यक्ष पर्सु मिश्रको सभापतित्वमा शिक्षक वेधनिधी खनालले सन्चालन गरेका थिए ।
कार्यक्रममा हरेक कक्षाको प्रथम, दोश्रो, तेश्रो विधार्थीलाई मेडल, प्रमाणपत्र सहित पुरस्कार र विधार्थीहरुद्वारा लाइभ वाध्यवादनमा गीत तथा नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिएका थिए ।