• काठमाण्डौ, ४ माघ । कांग्रेस सभापति शेरबहादुर देउवाले चौतर्फी दबाबपछि पार्टीको केन्द्रीय कार्यसमिति बैठक आज बोलाउनु भएको छ ।
    निर्वाचनमा पार्टी पराजयको समीक्षाका लागि तत्काल बैठक बोलाउन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पार्टीभित्रकै युवा नेताहरूले देउवालाई दबाब दिँदै आउनुभएको थियो ।

    निर्वाचनपछि आज पहिलोपटक बैठक बस्न लागेको हो । निर्वाचनको समीक्षाका लागि बैठक बोलाउन दबाब परेपनि सभापति देउवानिकट नेताहरूले आजको बैठकमा राष्ट्रिय सभा निर्वाचनसम्बन्धी एजेन्डामा मात्रै छलफल हुने बताएका छन् । ‘समीक्षा बैठक पछि छुट्टै बस्छ, आजको बैठकमा राष्ट्रिय सभा निर्वाचनका विषयमा मात्रै छलफल हुन्छ,’ देउवानिकट एक केन्द्रीय सदस्यले भने । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आजको बैठक लामो समय नजाने संकेत गर्नुभयो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको समीक्षाको विषय पनि प्रवेश हुने उहाँले बताउनुभयो । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रदेश र प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक उम्मेदवारसमेत रहेकालाई राष्ट्रियसभा सदस्यमा नल्याउने गरी मापदण्ड तय गर्नुपर्नेमा जोड दिएको स्रोतले बताएको छ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…