हेम गिरी
हामीले सधैं नि:श्वार्थ प्रेमबारे सुन्दै र पढ्दै आएका छौं । कतिले देखेको पनि छौ भन्छन् । मुना मदन, रोमियो जुलियटका कथाहरु हामीले धेरै सुन्यौ । साँच्चै के प्रेम नि:श्वार्थ हुन्छ ? यी प्रश्नका उत्तर आफै भित्र खाजौ त ? स्वाभाविक हो, हरेक उत्तर फरक हुन्छन् । तर मेरो उत्तरमा केहि फरक कुराहरु छन् । किनभने, संसारमा नि:श्वार्थ प्रेम नै हुँदैन भन्ने मान्यता राख्छु म । हो, कुनै केटा ह्यान्डसम छ त्यो धनी छ, त्यो पढाइमा ट्यालेन्ट छ, स्मार्ट छ सकारत्मक अनि सिर्जनशील छ अनि त्यो केटी राम्री छे, ट्यालेन्ट छे, धनी छे बाठी छे र पो संसारमा तिनीहरू बीच प्रेम हुन्छ त ? के त्यो प्रेमलाई नि:श्वार्थ भन्न मिल्छ ? सबैले यसैगरी प्रेम गर्छन् भन्ने पनि होइन । तर, के त्यो केटी वा केटा मेरो जिन्दगीमा आइ वा आयो भने म सन्तुष्ट हुन्छु, मेरो जीवन सुखी हुन्छ अनि हाम्रो भविष्य राम्रो हुन्छ हाम्रो बाल बच्चाको जीवन राम्रो हुन्छ भन्नु पनि स्वार्थ होइन र ? हरेक कुराको फाइदा अर्थात् बेफाइदा सोच्नु नै स्वार्थ हो ।
उमेर बढ्दै जाँदा महिला र पुरुष बीच प्रेम हुन्छ भनौ या
आकर्षण बढ्छ ।
कतिले जति नै चाहेर पनि आफूले मन पराएकाहरूलाई प्रेम प्रकट गर्न सक्दैनन् त कतिले सहजै प्रेम प्रकट गर्छन् । जसले चाहेर पनि आफ्नो प्रेमिकालाई प्रेम प्रकट गर्न सक्दैनन् उनीहरूको लागि ‘भ्यालेन्टाइन डे’ विशेष दिन हो ।
सिपाहीलाई प्रेम गर्न उस्काउादा ज्यान गुमाएका सन्त भ्यालेनटाइनको स्मृतिमा हरेक वर्षको फ्रेबअरी १४ लाई भ्यालेन्टाइन डेको रुपमा मनाइन्छ । एकपल्ट गरेको प्रेम बाचुञ्जेल रहन्छ भन्ने हुँदैन । सानो तिनो गल्तीले त्यो बीचैमा टुक्रिन सक्छ । प्रेम गरेपछि विवाह अनिवार्य छ भन्ने पनि हुँदैन । प्रेम गर्ने शैली व्यक्तिपिच्छे हुन्छ । अन्त्यमा सम्पूर्ण व्यक्तिहरुलाई सफल प्रेमको शुभकामना ।