माघ २८, पथरी ।
मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयमा संचालन भैरहेको हात्ती पाइले विरुद्धको औषधि खुवाउने अभियानमा नगरवासीहरुले उत्साह जनक सहभागिता जनाइरहेका छन ।
अभियानको तेश्रो दिन सम्ममा ८ हजार १ सय १२ जनाले औषधि सेवन गरेसँगै २३ हजार बढिले औषधि सेवन गरेका छन ।
नगरपालिकाको अभियानमा स्वाथ्यकर्मीले घरघरमा, विद्यालयहरुमा गएर हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सञ्चालन भैरहेको छ । जसमा पहिलो दिन ६ हजार १ सय ९० जनाले औषधि सेवन गरेकोमा दोस्रो दोश्रो दिन ९ हजार २ सय ४६ जनाले औषधि सेवन गरेका थिए ।
अभियानको तेश्रो दिन वडा नम्बर १ मा १ हजार १ सय ५४, २ मा ५ सय ४८ , ३ मा ४ सय ८८ , ४ मा ७ सय ८७ , ५ मा ७ सय ९१, ६ मा १ हजार ३ सय ७४ , ७ मा ४ सय ८३, ८ मा १ हजार ११, ९ मा ८ सय ६० र १० नम्बर वडामा ६ सय १६ जनाले औषधी सेवन गरेका छन ।
आज घरका साथै विभिन्न वडाका विद्यालयमा समेत औषधि खुवाइएको छ । अभियानलाई प्रभावकारी बनाउन नगरपालिकाले वडा वडाका संघ संस्थाका प्रमुख सहितका सामाजिक अगुवा, शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई औषधि सेवनका बारेमा अभिमुखिकरण प्रदान गरेको छ ।
सवैले सवैलाई औषधि खानका लागि आव्हान गर्न अनुरोध गरिएको नगर प्रमुख राईले वताउनु भयो । कार्यक्रममा पथरी नगर अस्पतालका डा. सावन मेहताले औषधिले असर गर्छ भन्ने भ्रम हटाएर सवैले औषधि खाँदा मात्र रोग निवारण हुने उल्लेख गर्नुभयो ।
नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाका ५० जना स्वास्थ्यकर्मी र ३० जना महिला स्वास्थ्य स्वयमसेविकामार्फत एक सातासम्म घर घरमा गएर औषधि खुवाउने कार्यक्रम अघि बढेको छ ।