मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वसूचना जारी गरेको छ । महाशाखाले मंगलबारको देशभरीको मौसमको पूर्वानुमानको सूचना जारी गर्दै आज नेपालमा कुनै पनि मौसम प्रणाली नभएको जानकारी दिएको छ ।
महाशाखाको अनुसार हाल देशको पश्चिमी तथा पूर्वी पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
यसैगरी, आजे दिनभर देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ।
राति भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ।
 
                                
 
                            
                         
                            
                         
                            
                        