• बेसीशहर, २८ माघ । जिल्लाको बेसीशहर नगरपालिका–९ का निर्वाचित वडाध्यक्ष सरद बरालविरुद्ध कुखुरा चो’रीको आ’रोप लागेको छ, आ’रोप मात्र होइन उनीविरुद्ध उ’जुरी नै परेको छ ।

    सोहि नगरपालिका –६ चनौतीका कुखुरा पालक किसान सोमबहादुर राउतले वडाध्यक्ष बरालविरुद्ध जिल्ला प्रहरी कार्यालय लमजुङमा उ’जुरी दिएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार वडाध्यक्ष बरालले गत मंगलबार (माघ २१ गते) आफ्नो फर्मको ढोका फोडेर कुखुरा चोरी गरी लगेको भन्दै राउतले उ’जुरी दिएका छन् । वडाध्यक्ष बरालले आफ्नो फर्मबाट ५ सय जति कुखुरा चो’री गरेर लगेको राउतको आरोप छ ।

    तर, वडाध्यक्ष बरालले भने चो’री गरेको नभइ किसान राउतकै अगाडिबाट कुखुरा उठाएर लगेको बताएका छन् । खबरहबको सम्पर्कमा आएका वडाध्यक्ष बरालले आफ्नो ऋण नतिरेपछि राउतको फर्मबाट कुखुरा उठाएको बताए ।

    ‘वडाध्यक्षमा निर्वाचित हुनु अगाडि म पसल सञ्चालन गरेर बस्दै आएको थिएँ । मविरुद्ध उ’जुरी दिने राउतजीले २०७३ सालदेखि मेरो पसलबाट कुखुराको दानादेखि कुखुराका चल्ला र कुखुरा नै पैसा नतिरी उदारोमा लैजाने गर्नुहुन्थ्यो । अहिलेसम्मको हिसाव गर्दा उहाँले मलाई १ लाख ६६ हजार रुपैयाँ तिर्न बाँकी छ,’ वाडध्यक्ष बरालले अगाडी थपे, ‘पछिल्लो करिब ४५ दिन अगाडि पनि उहाँले मबाट ४ सय ६० वटा कुखुरा पैसा नतिरी पाल्छु भनेर उधारोमा लिनुभएको थियो । तर, मेरो पैसा नतिरी उहाँले ती कुखुरा अन्य व्यक्तिलाई बेच्न लागेको थाहा पाएपछि मैले आफ्नै कुखुरा उठाएर ल्याएको हुँ ।’

    किसान राउतसँग उनले ४५ दिनसम्म कुखुरालाई दाना खुवाउन लागेको खर्च व्यहोर्ने गरी आफैंले उधारोमा दिएको कुखुरा उठाएर ल्याएको वडाध्यक्ष बरालको भनाइ छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…