• विराटनगर , माघ २८
    स्थानिय तह विकाशको योजनामा सम्मेलित भए सगैँ मोरङको ग्राम थाम गाउँपालिकामा प्रशस्त मा विकाश भएको गाउँपालिका वार्ड न २ का अध्यक्ष कृष्ण कुमार माझीले बताउनुभयो । आम नागरिकले ग्रामिण परिवेशमा आफनो राज्यको हक अधिकार प्रयोग गर्न पाउदा खुशीको अनुभव गरेको उहाँले बताउनुभयो । जनताले कला सस्कृतिको जर्गेनाका साथै स्थानिय विकाश निमार्णका सहयोग गरेको जानकारी दिनुभयो । हाल वार्डले घिनाघाट देखी विराट चोक सम्म सडक निमार्ण तथा दलित समुदायको आर्थिक हक अधिकार र शिक्षामा पहुँच पुयाउनको लागी आफु निरन्तर लागेको बताउनुभयो । प्रदेश सरकारको सहयोगमा वार्ड ७ र ८ मा रहेको सड्कलाई प्रदेश न १ को राजधानी सम्म जोडनको लागी प्रयास भइरहेको बताउनुभयो ।
    स्थानिय तहको सरकारको सहकार्यमा सामुदायिक विकाश गर्नको लागी वार्ड लाई विशेष अधिकार भएको कारणले सहज रुपमा विकाशको गतिविधि सञ्चालन गर्नको लागी मद्धत पुगेको उहाँले बताउनुभयो । जनताले स्थानिय स्तरमा नै राज्यका विभिन्न सेवा तथा सुविधालाई सहज रुपमा प्रयोग गरेको उहाँले बताउनुभयो । जनताको इच्छा , चाहना र आवश्यकताको लागी आफुले टोल टोलमा यातायत , सञ्चार र विधुतको सेवा सहज रुपमा उपयोग गर्नको लागी आफु निरन्तर रात दिन लागी परेको उहाँले बताउनुभयो ।

    ह्ेर्नुहोस कुराकानी ।
    https://www.youtube.com/watch?v=Pfrq2CKwlJw&feature=youtu.be&fbclid=IwAR0d7fJipjN3E3vWKnb92nfsSwG9aw33cbzT6R7FggPVA-U-vs8exrt6CQs

सम्वन्धित समाचार

मोरङको उर्लाबारीमा छोराले दाउराको चिर्पट प्रहार गरेर आफ्नै आमाको हत्या गरेका छ । उर्लाबारी नगरपालिका…

झापा, माघ २९ झापाको दमक ७ स्थित त्रिगंगा कृर्षि सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा वर्तमान सचिव रहेका रा…

मोरङको पथरीशनिश्चरेस्थित डाँस मोरङगी सामुदायिक वन क्षेत्रमा भेटिएकी युवतीको मृत्यु भएको छ। मोरङको सुन्…

म्याग्दी, २५ मङ्सिर   म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक व…