मोरङ । मोरङको पथरीशनिश्चरे—२ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा विद्युत वाइरिङ र बाँसको विभिन्न समाग्री बनाउने तालिम चलिरहेको छ ।
उपभोक्ताहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले बाँसको हस्तकला र विद्युत वाइरिङको तालिम दिदै आएको हरियाली सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष काबुलबहादुर मगरले बताए ।
मान्दीप विकले दिदै आएको बाँसको हस्तकला सम्बन्धी तालिममा १३ जना र पूर्ण राई सिकाउदै आएको विद्युत वाइरिङ तातिममा १२ जना उपभोक्ताहरु सहभागि रहेका छन् । दुवै तालिम दुई महिनासम्म चल्नेछ ।
तालिममा कलम दानी, चियाको कप राख्ने, उपहार ट्रफी, कुर्सी, टेवल, पलङ जस्तास माग्रीहरु बनाउन सिक्नेछन । त्यसैगरी दुई महिनासम्म चल्ने विद्युत वाइरिङ तालिमले २५ जना स्वरोजगार बन्ने हरियालीको अपेक्षा रहेको अध्यक्ष मगरले बताए । ट्रेनर भत्ता, टे«नीको यातायात खर्च र तालिम सामाग्री गरी करिव पाँच लाख खर्च हुने समूहले जनाएको छ । गत मोमबार पथरीशनिश्चरे नगरको उपप्रमुख यमुना विष्टबाट उद्घाटन भएको तामलिम दुई महिनासम्म निरन्तर चल्ने अध्यक्ष काबुलबहादुर मगरले बताए ।