• बाहुण्डाँगी । धनकुटा महिला जेसिज प्रथम पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । धनकुटा महिला जेसिजका सस्थापक अध्यक्ष प्रमिसा श्रेष्ठले २०२० का लागी निर्वाचित अध्यक्ष रबिना श्रेष्ठलाई जेसिजको विधि नियम र परम्परा अनुसार अध्यक्ष पद हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा २०१९ का प्रथम पुरुप विजय थापा,२०२० का प्रथम पुरुप मनोज श्रेष्ठ लगायत २०२० का नवनिर्वाचित धनकुटा महिला जेसिजका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा १ नम्व प्रदेश सभाका सदस्य कुसुम कुमारी श्रेष्ठले धनकुटामा समाजिक परिर्वतनका लागी धनकुटा महिला जेसिजले महत्वपूर्ण कार्यहरु गर्दै आएको र महिलाहरुको नेतृत्व तथा व्यत्तित्व विकासमा समेत उदाहरणीय कार्य गरेको वताउनु भयो ।
    यसैगरी जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक वहादुर चुवान,धनकुटाका प्रमुख जिल्ला अधिकारी डा। कृष्ण वहादुर घिमिरे,पर्यटन विकास समिति धनकुटाका अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई,नेपाल जेसिजका राष्टिय उपाध्यक्ष सुमन श्रेष्ठ लगायतले धनकुटा महिला जेसिजले धनकुटाको समाजिक रुपान्तरणका र धनकुटाको विकास र समृद्धीका लागी महत्वपूर्ण कार्यहरु गर्दै आएकोमा उच्च प्रशंसा गर्दै धनकुटा महिला जेसिजका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभ कामना दिनु भएको थियो ।

    कार्यक्रममा तरहरा जेसिका अध्यक्ष सुनिल तिम्सिना,पूर्व अध्यक्ष जिवन पराजुली लगायतले शुभ कामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा धनकुटा महिला जेसिजका मुना पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रममा जेसिजको आस्था पाठ जेसी रेजिना शाक्य श्रेष्ठले र जेसिजको उदेश्य जेसी बिपना प्रधानले पाठ गर्नु भएको थियो । सपथ ग्रहण मातृ शाखा तरहराका जेसी विकास गिरीले गराउनु भएको थियो ।

    कार्यक्रममा सशस्त्र प्रहरी बल ६ नम्वर गुल्म धनकुटाका छिन्ताङ्गका तत्कालिन गुल्मपती डि एस पी,बालकृष्ण श्रेष्ठ,हालका गुल्मपती डिएसपी सचिन कर्माचार्य धनकुटा नगरपालिका वडा नं। ६ का वडाध्यक्ष नरेश श्रेष्ठ,नेपाल नेत्र ज्योती संघ धनकुटाका अध्यक्ष रोशेष श्रेष्ठ, धनकुटा लेडिजेसिजका संस्थापक अध्यक्ष प्रमिसा श्रेष्ठ थापा,२०१९ का प्रथम पुरुष विजय थापा,बरखगण सल्लेरी ब्यारेक धनकुटाका गणपती कर्णेल भगवान थापा,सहिद भीम नारायण श्रेष्ठका सुपुत्र मनोज नारायण श्रेष्ठ,समजोसेवी सोम वहादुर श्रेष्ठ, लगायत विशिष्ठ महानुभावहरुलाई सम्मान गरिएको थियो ।

    धनकुटा महिला जेसिजको २०२० को लागी अध्यक्ष रविना श्रेष्ठ, निर्वतमान अध्यक्ष प्रमिसा श्रेष्ठ थापा,कार्यकारी उपाध्यक्षहरु मेनुका वस्नेत,मुना पोखरेल,बिमला न्यौपाने,महासचिव बिसिका श्रेष्ठ,कोषाध्यक्ष अमरिता श्रेष्ठ, सचिव दिपिका श्रेष्ठ र उपाध्यक्षहरुमा बिपना श्रेष्ठ,कला राई,सरस्वती राई,रजनी श्रेष्ठ र पि आर ओ मा उर्मिला महर्जनलाई निर्वाचित गरेको छ ।

    दुई वटा सत्रमा संचालन भएको कार्यक्रमको पहिलो सत्रको कार्यक्रमको अध्यक्षतमा धनकुटा महिला जेसिसका संस्थापक अध्यक्ष प्रमिसा श्रेष्ठ थापाले गर्नु भएको थियो दोस्रो सत्रको कार्यक्रमको अध्यक्षतमा २०२० का अध्यक्ष रबिना श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रमको संचालन महासचिव बिसिका श्रेष्ठले र धन्यवाद मन्तव्य कार्यकारी उपाध्यक्ष मेनुका वस्नेतले गर्नु भएको थियो ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका डि एस पी ध्रुव श्रेष्ठ,जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष सुन्दरबाबु श्रेष्ठ,धनकुटा महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तारा तितुङ्ग,मिसा खल धनकुटाका अध्यक्ष रेणु श्रेष्ठ पत्रकार कोकिला भण्डारी लगायत विभिन्न संघ संस्थाहरु र वसिष्ठ महानुभावहरुलाई संस्थापक अध्यक्ष प्रमिसा श्रेष्ठले मायाको चिनो प्रदान गर्नु भएको थियो ।
    स्मरण रहोस धनकुटा लेडी जेसीज २०१९ को उत्कृष्ट शाखाको रुपमा पुरस्कृत बनेको छ । तिन बर्ष अघि सस्थापक अध्यक्ष प्रमिशा श्रेष्ठ थापाको नेतृत्वमा धनकुटा महिला जेसिज स्थापना गरी निरन्तरमा उत्कृष्ठ कार्यहरु गर्दै आएकोले प्रस्ताबित शाखाहरु मध्य यस बर्ष सर्वोकृष्ठ शाखा रुपमा घोषण भै पुरस्कृत भएकोले नेपाल जेसिजबाट प्राप्त उक्त प्रमाण पत्र प्रदेश सभाका सदस्य कुसुम श्रेष्ठ र नेपाल जेसिजका राष्टिय उपाध्यक्ष सुमन श्रेष्ठले एक समारोहका विच धनकुटामा प्रदान गर्नु भएको हो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…