एक १२ वर्षीया बच्चीले स्कुलको होस्टलमै बच्चा जन्माएपछि अहिले यो घटना भाइरल बनेको छ । कक्षा–६ मा पढ्ने छात्राले होस्टलमै बच्चा जन्माएपछि विद्यालयका प्रिन्सिपल र होस्टलका सुपरिटेण्डेण्टलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
भारत उडिसा राज्यको आदिवासी जनजातिका बच्चाहरु पढ्ने उमुरी आश्रम नामको उक्त विद्यालयमा बच्चा जन्माएको घटना लुकाउन खोजेको आरोपमा प्रिन्सिपल र सुपरिटेण्डेण्टलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ । उनले जन्माएको बच्चाको बाबुको खोजीमा प्रहरी लागिसकेको जनाइएको छ । एजेन्सी