• काठमाडाैं, १ फागुन । ललिता निवास जग्गा प्रकरणमा कांग्रेस नेता विजयकुमार गच्छदारलाई अख्तियारले फरार अभियुक्तका रूपमा मुद्दा दायर गरेको छ । तर कानुनी रूपमा फरार रहेका उनको सेवामा नेपाल प्रहरीका १३ जना खटिएका छन्, आजको नयाँपत्रिका दैनिकमा खबर छ ।

    गच्छदारको घरमा खाना पकाउनेदेखि गाडी चलाउनेसम्म प्रहरी छन् । पूर्वगृहमन्त्रीको हैसियतमा उनले यसरी सुरक्षाकर्मीको दुरुपयोग गरेका हुन् । भ्रष्टाचार मुद्दा दायर भइसकेपछि पनि उनको घरमा खटिएका प्रहरीलाई गृह मन्त्रालयले फिर्ता बोलाउन सकेको छैन ।

    आफ्ना पिएसओलाई समेत उच्चपदस्थहरूले सुरक्षाभन्दा पनि सहयोगीका रूपमा खटाउने गरेका छन् । त्यही कारण चिनजानका प्रहरीलाई धेरैले राख्ने गर्दछन् । यो गलत भएको प्रहरी अधिकारीहरू बताउँछन् । घरमा सहयोगीका रूपमा बस्दा नियमित तालिमसमेत नहुने र उनीहरूले ‘पुलिसिङ’ नै बिर्सिएर कामदार नै बन्ने गरेका छन् ।

    यसरी सुरक्षाकर्मीको दुरुपयोग गर्नेमा उनी मात्र होइन सबै गृहमन्त्री छन् । पूर्वगृहमन्त्रीहरू विमलेन्द्र निधि, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भीम रावल, कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल, कमल थापा, प्रकाशमान सिंह, जनार्दन शर्मालगायतले एक दर्जन प्रहरी घरमा राखेका छन् । कतिपयले धेरै सुरक्षाकर्मी प्रयोग गर्दै आएको र फिर्ताको पहल भइरहेको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा बताउँछन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…