भोजपुर : भोजपुरमा तन्नाको पिङ बनाएर खेल्ने क्रममा बेरिएर बालिकाको ज्यान गएको छ।
विहीबार टेम्केमैयुङ गाउँपालिका– ७ बतासे बस्ने भाईराज राईकी ९ वर्षीया छोरी निशाना राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
पीङ बनाएर खेलिरहेको बेला अचानक बालिकाको घाँटीमा तन्ना बेरिएको र परिवारका सदस्य घरमा नभएकाले उनको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी पाण्डवराज राजवंशीले जानकारी दिए।