• काठमाडौं, १ फागुन । मानहानिको मुद्दा लागेका बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई जिल्ला अदालत भक्तपुरले साधारण तारेखमा रिहा गरेको छ ।

    केही समयदेखि फरार प्रसाई आज विहान जिल्ला प्रशासन कार्यालयमा सुटुक्क हाजिर भएका थिए ।

    उनलाई भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले साधारण तारेखमा छाडने आदेश गरेकी हुन् ।

    झापास्थित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंले गत पुस २३ गते पत्रकार सम्मेलन नै गरेर आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ घुस अथवा १० प्रतिशत सेयर मागेको अरोप लगाएका थिए ।

    प्रसाईंको आरोपविरुद्ध अयोगका उपाध्यक्ष गिरीले जिल्ला अदालत भक्तपुरमा मानहानिको मुद्दा दायर गरेपछि पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि प्रसाईँ फरार रहेका थिए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …