• किसोर श्रेष्ठ
    उर्लाबारी, ४ माघ । मोरङको उर्लाबारीमा माघ ५ गते शुक्रबारबाट सुरु हुने प्रथम उर्लाबारी मेयर कपको सम्पूर्ण तयारी पुरा भएको छ । स्थानीय स्तरमा फुटबल खेलको विकास र खेलाडीहरु भित्र लुकेर रहेका प्रतिभालाई प्रस्फोटन गर्ने उदेश्य सहित उर्लाबारी मेयर कपकोे आयोजना गरिएको प्रतियोगीताका संयोजक योगराज फागोले जानकारी गराएका छन् । फागोका अनुसार प्रतियोगीतालाई सभ्य अनि भव्य तरीकाले संचालन गर्दै नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको छ । उर्लाबारी फुटबल क्लवको आयोजना तथा उर्लाबारी नगरपालिकाको सहयोगमा उक्त प्रतियोगीता हुन लागेको हो । उर्लाबारी–३ मंगलबारे स्थित चाइनिज क्याम्प ग्राउण्डमा हुने उक्त प्रतियोगितामा नगरका ९ वटै वडाका टिमहरुको सहभागिता रहने पनि आयोजकले जानकारी गराएका छन् ।

    प्रतियोगीतामा प्रथम हुने टिमलाई नगद ७५ हजार र दोस्रोलाई नगद ५० हजार सहित दुबै टिमलाई रनिङ सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक उर्लाबारी फुटबल क्लवका सचिव भिष्म बुढाथोकीले जानकारी गराए । प्रतियोगीतामा सहभागीता जनाउँने खेलाडी सम्बन्धित वडाको स्थायी बासिन्दा हुनुपर्ने पनि बुढाथोकी बताए । प्रतियोगीतामा साविक राजघाट–१, २, ३, ४ र ९ मिलेर उर्लाबारी – ८ बाट सहभागीता जनाएको छ भने साविक राजघाट–५, ६, ७ र ८ मिलेर उर्लाबारी वडा नं. ९ बनेको छ । यी दुबै वडा नगर कपमा नयाँ टिम हुनेछन् । यसैगरी साविक मधुमल्ला–७, ८ र ९ मिलेर उर्लाबारी–१ बनेको छ, यो पनि नगर कपमा नयाँ टिम रहने छ । यसअघि साविक उर्लाबारी वडा नं. २ हाल उर्लाबारी–५ ले नगर कप जितेको थियो । यस पटक नयाँ टिम थपिएसँगै खेल रोचक बन्ने पनि आयोजकले अपेक्षा लिएको छ ।
    आगामी माघ १३ गतेसम्म चल्ने प्रतियोगीताको अनुमानीत खर्च करीव ५ लाख रहेको पनि आयोजकले जानकारी गराएको छ ।  उद्घाटन खेल वडा नम्बर २ र ६ बिच हुनेछ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…