• फागुन ३, पथरी ।
    मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा सञ्चालित अभियानको हिजो सातौ दिनसम्ममा ५४ हजार बढी नगरवासीले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेका छन् ।
    हात्तीपाइले रोग विरुद्ध घर घरमा गएर औषधि खुवाउने आम औषधि अभियान अन्तर्गत हिजो ६ हजार ७० जनाले औषधि सेवन गरेको जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो ।
    सातौ दिनसम्ममा नगरका १० वडाका ५४ हजार २ सय ५७ जनाले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेका छन् । जसमध्ये १० नम्बर वडामा रहेका भूटानी शरणार्थी शिविरका ३ सय २९ जनाले आज औषधि सेवन गरेका छन् ।
    हिजो वडा नम्वर १ मा १ हजार ५३, २ मा ३ सय ७५, ३ मा ६ सय १८, ४ मा ५ सय ८१ र ५ मा ६ सय २६ जनाले औषधि सेवन गरेका छन् । त्यसैगरी, वडा नम्वर ६ मा ६ सय ५१, ७ मा ४ सय ४५, ८ मा ४ सय १७, ९ मा ५ सय ३४ र १० मा ४ सय ४१जनाले औषधि सेवन गरेको तथ्यांक रहेको छ ।
    अब केहि बाकी रहेका ठाँउमा भोली औषधि खुवाउने कार्यक्रम रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
    अभियानको पहिलो दिन ६ हजार १ सय ९०, दोस्रो दिन ९ हजार २ सय ४६ र तेश्रो दिन ८ हजार १ सय १२, चौथो दिन ८ हजार ७ सय २२ र पाचौ दिन ६ हजार ६ सय १८ र छैटौं दिन ९ हजार २ सय ९९ जनाले औषधि सेवन गरेका थिए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …