• उलाबारी । मोरङको अलग–अलग स्थानमा शनिबार बिहान र शुक्रबार राति भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका ४ ढाटमा टिपरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

    विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७३०९ नम्बरको टिपरमा शनिबार बिहान ७ बजे इटहरीतर्फ नै जाँदै गरेको तीन जना सवार प्रदेश २–०१–००१ प १६०८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले दुर्घटनामा सिरहा सुखीपुर नगरपालिका २ का २४ वर्षीय मोहम्मद ओजिर राइन र सप्तरी चण्डीमलहनिया गाउँपालिका २ का २८ वर्षीय हरेराम साहको मृत्यु भएको जानकारी दिए । राइन मोटरसाइकल चालक हुन् । घाइते अवस्थाका दुवै जनालाई उपचारका लागि कोशी अस्पताल विराटनगर र्पुयाउन साथै चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। यही दुर्घटनामा मोटरसाइकलमा सवार सप्तरी रुपनीका १८ वर्षीय धनराज यादव गम्भीर घाइते भएका छन् ।

    उनको चिन्ताजनक अवस्थामा कोशी अस्पतालमै उपचार भइरहेको छ । डीएसपी थापाले तीन जना सवार तीव्र गतिमा रहेको मोटरसाइकल ओभरटेक गर्ने क्रममा टिपरको अगाडिको चक्कामा ठोक्किएर दुर्घटना हुन पुगेको जानकारी दिए। प्रहरीका अनुसार मृतक र घाइते तीनै जना विराटनगरको गोल्डेन पार्क कलेजमा ओभरसियर अध्ययन गरिरहेका विद्यार्थी हुन् । दुर्घटनापछि आक्रोसित स्थानीय बासिन्दाले टिपर रोक्ने प्रयास गरेका थिए । तर चालकले सिधै नेमुवा र्पुयाएर इलाका प्रहरी कार्यालय भित्र टिपर छिराइदिएपछि थप कुनै घटना हुन नपाएको प्रहरीले जनाएको छ। टिपर र चालक मोरङको ग्रामथान गाउँपालिका(७ का ३५ वर्षीय शशिकुमार थन्दारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    त्यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका ८ सलकपुरमा शुक्रबार राति ११ः५५ बजे दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । को ३७ प १७ नम्बर र तीन जना सवार रहेको को ३४ प ६६०२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा सलकपुरका २२ वर्षीय विशाल खत्री र २३ वर्षीय अर्पण गुरागाईको घटनास्थलमै मृत्यु भएको डीएसपी थापाले बताए ।

    उनकाअनुसार विशाल को ३७ प १७ नम्बर र अर्पण अर्को मोटरसाइकलका चालक हुन् । दुवै मोटरसाइकलका चालकले मापसे गरेको खुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा को ३४ प ६६०२ नम्बरको मोटरसाइकलमा सवार सलकपुरका २१ वर्षीय प्रदीप थापा र संखुवासभाको चैनपुर नगरपालिका(३ का २० वर्षीय लक्ष्मण खत्री गम्भीर घाइते भएका छन् । उनीहरुको विराटनगरको विराट नर्सिङ होममा उपचार भइरहेको र घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी थापाले बताए ।

    यसैबिच मोरङका छुट्टाछुट्टै स्थानमा ३ जना पुरुषको शव फेला परेको छ । पथरी शनिश्चरे नगरपालिका – ४ स्थित सम्झना चोकमा रहेको बजारमा स्थानीय ५५ वर्षिय प्रबल गिरी बिहीबार मृत भेटिएका थिए । अत्याधिक मादक पदार्थ सेवनबाट उनको मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ । शवको मंगलबारे अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाएको छ । शुक्रबार लेटाङ १ धोबीघाटका ६४ वर्षीय बलबहादुर लामिछाने मगर मृत भेटिएका छन् । पाँचथरे खोलामा उनको शव भेटिएको हो । दुबै घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

    यता मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित जंगलमा शुक्रबार एक पुरुष मृत फेला परेका छन् । अन्दाजी ३५÷४० वर्षीय पुरुषको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए । उनकाअनुसार कान र मुखमा किरा परेको अवस्थामा भेटिएको शव सडेको छ ।

    आक्रमण र कुटपिट गरेको कुनै चोटपटक भने शरीरमा नभेटिएको जानकारी गिरीले दिए । शव पोस्टमार्टमका लागि मंगलबारे अस्पताल लगेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको उनको भनाइ छ

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …