•  

    प्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीलाई पक्राउ गरेर कार बाही गरिएको बताएका छन्। सुन त स्करी तहसनहस बनाइएको दाबी प्रधानमन्त्रीको छ।
    प्रतिनिधिसभा संसदमा शनिबार सम्बोधन गर्दै प्रधानमन्त्रीले सुन तस्करी निमिट्टान्न बनाइएको बताए।

    तस्क रीमा संलग्नहरू जेलमा रहेको उनले बताए। ‘मझेरीदेखि जंगलसम्म सुन लुकाउनेलाई कारबाही गरिएको छ,’ उनले भने। ओलीले श्रमबजारमा आएका सबैलाई रोजगारीको अवसर प्रदान गरेको दाबी गरेका छन् । संसदमा शनिबार सरकारको कामको बेलिबिस्तार लगाउने क्रममा प्रधानमन्त्री ओलीले श्रम बजारमा आएका कोही पनि नयाँ नेपाली बेरोजगार नरहेको दाबी गरेका हुन् ।

    उनले भने, ‘श्रम बजारमा आएका सबैलाई व्यक्तिलाई रोजगारी दिइएको छ। पुरानाले काम नपाए पनि नयाँ बेरोजगार बस्नु परेको छैन। श्रमबजारमा थपिएकालाई रोजगारी दिएका छौँ ।’

    तीव्र आर्थिक विकास गर्ने दश ठूला देशमा नेपाल परेको उनले बताए । ‘पछिल्लो तीन वर्ष ६ प्रतिशतभन्दा माथि छ। जिडिपी १८ प्रतिशत भन्दा माथि पुगेको छ। १.५ प्रतिशले गरिबीको संख्या प्रत्येक वर्ष घटेको छ।’

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …