• उर्लाबारी, ४ माघ । मोरङ जिल्ला फुटवल संघको अध्यक्षमा दीपेन्द्र धिमाल निर्वाचित हुनु भएको छ । आज लेटाङमा सम्पन्न निर्वाचनमा धिमालले किरण गिरीलाई २ मत अन्तरले पराजित गर्दै लगातार तेस्रो पटक अध्यक्षमा निर्वाचित हुनु भएको हो । धिमालले ८ मत ल्याउनु भयो भने गिरीले ६ मत प्राप्त गर्नु भएको थियो । यो विजयसँगै धिमाल जिल्ला फुटवल संघमा ह्याट्रिक गर्नु भएको छ । उहाँ २०६४ सालदेखि जिल्ला फुटबल संघको अध्यक्षमा हुनुहुन्छ ।

    धिमाल नेपाली काँग्रेस निकट हुनुहुन्छ । फुटवल संघको उपाध्यक्षमा दीपेन्द्र तिवारी, माधवराज भण्डारी र धनकुमार लामा निर्वाचित हुनु भएको छ । महिला सदस्यमा कौशिला लिम्बू र सदस्यहरुमा उद्धवकुमार भुजेल, ओमप्रकाश मास्के, इन्द्रमणि पोखरेल, प्रेम तामाङ, खड्गबहादुर श्रेष्ठ साने, नगेन्द्र घिसिङ, माधवप्रसाद लिम्बू र तेजराज गिरी निर्वाचित हुनु भएको छ ।

    मोरङ जिल्लामा रहेका ए डिभिजनका १४ वटा फुटवल क्लवका १४ जना प्रतिनिधिले नयाँ नेतृत्व चयन गरेका हुन् । १४ वटा क्लव मध्ये ७ वटा विराटनगर महानगरपालिका भित्र र ७ वटा महानगरपालिका बाहिरका रहेका थिए । विसं २०५२ सालमा स्थापित संघको नेतृत्व यसअघि सन्तोष बानियाँ, प्रदिप भगत र किशोर तिम्सीनाले गर्नु भएको थियो । बानियाँले २ कार्यकाल नेतृत्व गर्नु भएको थियो भने भगत र तिम्सीनाले १÷१ कार्यकाल नेतृत्व गर्नु भएको थियो ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…