• काठमाडौँ। हङकहङबाट नेपाल वायुसेवाको जहाजमा काठमाडौंका लागि उडेको विमान भित्रै बे’होस भएका एक व्यक्तिको निधन भएको छ । नेपाल वायुसेवाको आरए ४१० विमानमा गत मंगलबार काठमाडौं उड्ने क्रममा म’स्तिष्काघात भएर बे’होस भएका खोटाङका ४९ वर्षीय डिकप्रसाद राईको उपपचारका क्रममा शुक्रबार राति मृ’त्यु भएको हो।

    हङकङको प्रिन्स मार्गरेट अस्पतालको स’घन कक्षमा उपचाररत उनको शुक्रबार राति ८ बजे मृ’त्यु भएको उनका आफन्तसमेत रहेका किरात राई यायोख्खा हङकङका भूतपूर्व अध्यक्ष रजिन राईले बताए।

    ८० प्रतिशत मस्तिष्क न’ष्ट भई म’स्तिष्कमा र’गत ज’मेकाले उनलाई ब’चाउन नसकएिको उपचारमा सं’लग्न चिकित्सकलाई उद्धृत गर्दै रजिन राईले बताए। आफन्त राईका अनुसार मृ’तकलाई यलुङ्छा परिवारले किरात राई परम्पराअनुसार हङकङमै दा’हसंस्कार गर्नेछ । यलुङ्छा परिवारका डिकप्रसाद, राई यलुङ्छा परिवारका सदस्य पनि थिए। परिवारका अध्यक्ष जयराम राईले मृ’तकको सबै परिवार नेपालमै भएकाले हङकङमा उनको अ’न्त्येष्टि यलुङ्छा परिवारले गर्नेछ। नेपाली रा’हदानीवाहक डिकप्रसाद लामो समयदेखि हङकङको युनलोङमा बसिरहेका थिए।

    उनी गत मंगलबार हङकङबाट काठमाडौं जाने क्रममा विमानमा उडिरहेका बेला बे’होस भएका थिए। हङकङबाट करिब डेढ घण्टा उडिसकेको विमान राई डिकप्रसाद बे’होस भएपछि हङकङमै फ’र्काएर आ’कस्मिक अवतरण गरी उनलाई अस्पताल लगिएको थियो।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …