• काठमाडौं । देशका अधिकांश स्थानमा आइतबार बिहानैदेखि आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि स्थानीय वायुको प्रभावका कारण आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ ।

    आइतबार दिउँसो देशका पूर्वी, मध्य र पश्चिमी पहाडका केही भूभागमा आंशिकदेखि सामान्य बदली हुने जनाइएको छ । बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    यस्तै राति देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहने मौसमी पूर्वानुमान छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …