मानिसको सम्बन्ध कहिलेकाहिँ रोमान्चक हुने गर्छ । फेबु्रवरी महिना भ्यालेन्टाइनको महोत्सव नै हो यस्तै समाजमा मानिसको सम्बन्ध को बारेमा विभिन्न चर्चा परिचर्चा सधैं हुने गर्छ ।
विज्ञहरु मानिसको सम्बन्ध विद्यालयबाट विकसीत हुँदै जाने तर्क राख्छन् । व्यक्तिगत रुपमा एक्लो मानिसको लागि सम्बन्धको कुरा गर्नु बेकार हुन आउँछ ।
मानिसको माया आफ्नो साथीसँग कहिले काहिँ प्रगाढ हने गर्छ त कहिले काहिँ सम्बन्धमा आएको नैराश्यताले हल्लाखल्लामा चुलिन्छ ।
यदि मानिसको जीवनमा साथीबाट पाउने माया राम्रो भयो भने उसले हौसला पनि पाउँछ ।
जानकारहरुको अनुसार मायाले नै मानिसको जीवन सँधै अर्थपूर्ण, स्वस्थ र खुसी बनाएको हुन्छ ।
सम्बन्धको विकास कसरी गर्ने
मानिसले सम्बन्ध विकसित गर्न आफू साँचो भएकार आफ्नो साथी प्रति मायाको भाव राख्न सुझाउँछन् ।
डेटिङ्ग जानु, रिलेसनसिपमा बस्नु र विभिन्न ठाउँमा घुम्न जानु त सम्बन्ध विस्तार भएपछि मात्र हुने कुरा हो भनिन्छ ।
डेनेभर विश्वविद्यालय कोलेरोडाका अभियानकर्ताहरुको भनाइमा “सम्बन्धको विकास कहीले एकैपटक हुने गर्दैन यो प्रकृयागत कुरो हुनआउँछ”
मानिसले आफनो माया गर्ने साथी खोज्न दह्रो प्रयास गरेको हुन्छ ।
धेरै समयको खर्च आफनो माया गर्ने जोडीसँग खर्चेपछि मात्र सम्बन्ध प्रगाड हुने भनिएको छ ।
अर्का खोजकर्ता पाउल स्टवीक भन्छन् सम्बन्धको विकास गर्न आफ्नो साथीले पनि मान्नुपर्यो ।
त्यसो त मानिसको ध्यान नयाँ नयाँ साथिका बिच सम्बन्धको विस्तार बढाउँदै लाने पनि पाइन्छ ।
अन्धो माया वा एक तर्फि मायाले कहिले काहिँ मानिसको व्यक्तित्वमा विभिन्न बाधा आँउछ । कतै कतै त झगडाको बिउ नै साथिसँगको सम्बन्धबाट शुरुवात हुने भनिन्छ ।उत्तरी र दक्षिणी सुसेक्स बेलायतका खोज अध्ययनकर्ता एलेक्स पालिसा भन्छिन्,“ मानिसले सम्बन्ध विकास गर्न धेरै समय खर्चेको हुन्छ । यसरी सम्बन्ध विकास हुँदै जाँदा मानिसहरुको साथि प्रति विभिन्न माग बढ्दै जान्छ । अन्तमा उनीहरुको सम्बन्ध सौगातमा बद्लिन्छ । अनि तोडिन्छ पनि !”
मानिसको सम्बन्ध बढ्दै जाँदा एक पक्षको मात्र अनुचित भावनाको कारण उनीहरुको मनको मिलन तित्ततामा बदलिन्छ ।
एक आपसमा विचारको आदन प्रदान हुनुपर्ने
मानिसहरुको स्वस्थ्य सम्बन्धको लागि लामो समयको आवश्यकता पर्न आउँछ । शान्त, खुला र रचनात्मक विचारको फैलावटले परस्परमा हुने तनाव सधैं निर्मूल पार्छ ।
मानिसमा हुने आर्थिक अपचलन र उसको अभिभावकसँगको सम्बन्ध पनि उसको निजी सम्बन्धको लागि प्रतिकुल हुने तर्क अनुसन्धानकर्ताहरु दर्शाउँछन् ।
त्यसो त मानिसको दैनिक जीवनमा हुने तनावका कारण पनि उसको सम्बन्धमा दिनानुदिन असर पर्ने देखिन्छ नै !
सम्बन्धको बारेमा कुरा गर्दा एक आपसमा वैद्यता, सदभाव र क्षमा पनि सम्बन्धको विस्तारको लागि आवश्यक पर्ने नै हुन्छ ।
३. जोडीको दैनिक क्रियाकलाप
मानिसले आफ्नो सम्बन्ध विकसीत गदै जाने क्रमको खालि समयमा मायालाई नै प्राथमिकता दिएको हुनेगर्छ । यस्ता किसिमका रमाइला क्रियाकलाप गर्न अक्सिटन रसायनको प्रभावकारीता रहने वैज्ञानिकहरु दर्शाउँछन् । मानिसको हुने मायाको भावना निस्काशन हुँदा यो रसायन बाहिर निस्कन्छ ।
(स्रोतः मेडिकल न्युज टुडे)