काठमाडौं, ४ फागुन । संसद सचिवालयकी नर्स रोशनी शाहीमाथि ब ला त्कारको अ भियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बहस सकिएको छ ।
जिल्ला अदालत काठमाडौंमा भएको बहसमा महराको पक्षमा वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भिमार्जुन आचार्य, सविता भण्डारी बरालसँगै अधिवक्ताहरु दिनमणि पोखरेल, सुशील सापकोटा र मुरारी सापकोटाले बहस गरेका थिए । महरा पक्षका कानून व्यवसायीको बहसअघि सरकारी वकिलले बहस गरेका थिए ।
बहस सकिएसँगै न्यायाधीश अमरराज पौडेलको इजालसले फैसला गर्नेछ । यदि उनी दो षी ठहरिए एक महिनापछि अर्को इजलासले एक महिनाभित्र स जाय तोक्नेछ ।
ब ला त्कार गरेको आ रोप लागेपछि उनले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए । उनलाई असोज १९ गते प क्राउ गरी डिल्लीबजार का रा गारमा राखिएको थियो ।