• बाहुण्डाँगी । मेचीनगर लेडी जेसीजको आयोजनामा ् ‘भ्रमण वर्ष २०२० का चुनौती र हाम्रो उत्तरदायित्व’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मेची उद्योग वाणिज्य संघको हलमा सम्पन्न कार्यक्रमको उद्घाटन प्रदेश सांसद राम कार्कीले गरेका थिए ।

    कार्यक्रमको उद्घाटन गर्दै सांसद कार्कीले संघीय सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० हरेक नेपालीका लागि अवसरसँगै चूनौति पनि भएको बताए । सरकारले २० लाख पर्यटक भित्रियाउने लक्ष्यसहित अघि सारेको नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनु हरेकक्षेत्रको दायित्व भएको उनको भनाई थियो ।

    कार्यक्रमकी विषेश अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले अहिले चीनमा देखा परेको नोवेल कोरोनाका कारण केही असर पुग्ने कुरामा चिन्ता व्यक्त गदैं हरेक मानिस पर्यटक मैत्री बन्नुपर्ने बताए ।

    सरकारको अघि सारेको भ्रमण वर्ष २०२० सफल पार्नु सवैको उत्तरदायित्व रहेको मेचीनगर पर्यटक विकास समितिका अध्यक्ष समेत रहनुभएका उपप्रमुख उप्रेतीको भनाई थियो ।
    शाखाकी अध्यक्ष तुलसा दंगालको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषी तिम्सिना, मातृ शाखा धुलावारी जेसीजका अध्यक्ष सागर खनाल, काँक्रभिट्टा खानेपानीक अध्यक्ष हर्क फ्याक, धुलावारी खानेपानीका अयक्ष अजय घिमिरे, नेकपा नेता प्रकाश भण्डारी, महिला नेतृहरु रेनुका डाँगी, शान्ता चौधरी, लिना भण्डारी तथा शाखाका सदस्यहरुको सहभागिता रहेको थियो ।
    आयोजक संस्थाकी अध्यक्ष तुलसा दंगालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । गीता ओझाले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सुशीला खतिवडाले सञ्चालन तथा जेसीजकी जनसम्पर्क अधिकारी सुभद्रा नेपालले आस्था वाचन गरेकी थिइन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…