बाहुण्डाँगी । युवाहरुलाई आत्मानिर्भर बनाउने उदेश्यका साथ दैलेख जेसीजको आयोजनामा ४५ दिने सीप मुलक तालिम आइतवारबाट सुरु भएको छ ।
यस क्षेत्रका युवाहरुलाई सीपमा आत्मानिर्भर बनाई सरोजगार बनाउने लक्ष्यको साथ मोवाइल रिपेयरिङ तथा इलेक्ट्रीसियन सम्बन्धि तालिम सञ्चालन गरिएको हो । तालिममा यलायन्स फर सोसियल मोविलाइजेशन प्रालिले समन्वय गरेको छ ।
तालिम नारायण नगरपालिकाको सभाहलमा सञ्चालन भइरहेको छ । तालिममा ४० जनाको सहभागिता रहेको छ ।
शाखाका अध्यक्ष प्रकाश पौडेलको सभापतित्व तथा नारायण नगरपालिकाका उपमेयर सविता मौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर विकलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पुजा थापाले गरेकी थिइन् ।