• काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुव्र्यवहारसम्बन्धी मुद्दाको फैसला आज हुने भएको छ ।

    आइतबार महराको अन्तिम सुनुवाइ भएको थियो । महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, लव मैनाली, सवितालगायतले बहस गरेका थिए । तर, समय अभावले फैसला भने हुन सकेको थिएन ।

    त्यसैले मुद्दालाई हेर्दाहेर्दैमा राखिएकाले फैसला आज हुने काठमाडौं जिल्ला अदालतले जनाएको छ ।

    संघीय संसदको सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा महराविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता भएको थियो । महरा गएको कात्तिक १८ देखि पुर्पक्षका लागि डिल्लिबजार कारागारमा थुनामा हुनुहुन्छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…