अर्जुन जम्नेली राई
मोरङ । भुस्याहा कुकुरले जंगली जनावर मृगको सिकार गर्न थालेपछि मोरङ्को पथरीशनिश्चरे र कानेपोखरी वन क्षेत्रमा दुई हप्तामा चार वटा मृग मरेका छन ।
संघीयता कार्यन्वयनसँगै चोरी शिकारी नियन्त्रण हुँदै जादा जंगली जनावर वृद्धि हुँदै गएको छ । अधिकार स्थानीय तहमा आएपछि वन पैदावर अवैध चोरी, तस्करी घट्दै गएको छ ।
चोरी शिकारी घटेपछि जंगली जनावर वृद्धि भएको मोरङ कानेपोखरी सब डिभिजन वन कार्यालयका वन अधिकृत तुलशीदास यादवले बताए ।
जंगली जनावर बढेपनी पछिल्लो समयमा भुस्याहा कुकुरहरुले मृगको शिकार गर्न थालेपछी समयमै ध्यान नपुगे संख्या घट्न सक्ने प्रमुख यदवले चिन्ता व्यक्त गरे ।
पानी खान पोखरी, कोला खाल्सी र साहाराको
वन कार्यालय नजिक आएको अवस्थामा कुकुरले खेदाएर मार्ने गरेको छ ।
कुकुरले खेदाएर गाउँ वस्ती भित्र लागि टोकेर घाइते अवस्थामा फेला परेको मृग मरेपछी
दुई हप्तामा चार वटा गाड्नु परेको प्रमुख यादवले बताए ।
माघ १५ गते कानेपोखरी सब डिभिजन वन कार्यालय छेउमा कुकुरले मारेको अवस्थामा मृग भेटिएको थियो । त्यही कुकुरहरुले माघ १८ गते ग्रामिण सुधार सामुदायिक वन क्षेत्रबाट खेदाउदै गाउमा पुर्याएर अर्को मृग मारेका थिए ।
त्यसैगरी माघ २९ गते जनजागृती सामुदायिक वनबाट खेदाउदै गाउमा पुर्याएको अवस्थामा दुई वटा मृग उपभोक्ताहरुले छुटाएका थिए । उपचार गरिएपनी दुबै मृगलाई बचाउन नसकिएको प्रमुख यादवले बताए । कुकुरले टोकेर मृत वा घाइते अवस्था फेला परेर मरेका मृगलाई कसैले निकालेर नलगोस भन्ने उदेश्यले मुचुल्का उठाएर गाड्ने गरेका छन ।
कतिपय मृगहरु कुकुरले खेदाउदै गर्दा मुख्य र सहायक सडकहरुमा दुर्घटनामा परेर समेत मर्ने गरेको ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष नवीन राईले बताए । केही दिन अघि कुकुरले खेदाउने क्रममा लेटाङ सडकमा यातायातको साधनमा ठोक्किएर अर्को मृगको मृत्यु भएको थियो ।
एक बर्ष अघि यसैगरी शिकारी कुकुरले खेदाउदा पथरीशनिश्चरे-२ को हरियाली सामुदायिक वन उपभोक्ता समूहमा पनि तीन वटा मृग मारेको अध्यक्ष काबुलबहादुर मगरले बताए ।
मृग आफै तर्सिने, तर्किने जनावरमा पर्दछ । कुकुरले खेदाउन थालेपछि कमजोर मृगहरु बगाललाई भेटन नसकेपछि कुकुरले टोकेर सिकार गर्ने गरेको वन कर्मचारीहरु वताउछन ।
कति त जंगलमै मार्छन । मृग अतालिएर गाउँ बस्तिमा पसेकाहरु चाहिँ भेटेर उदार गर्ने र मरेकालाई नियम अनुसार गाडिने गरेको छ ।
यसरी भुस्याहा कुकुर शिकारीको रुपमा विकास भएपछी उक्त कुकुर नियन्त्रणको लागि कानेपोखरी गाउँपालिकामा जानकारी गराएको सब डिभिजन वन कार्यालय कानेपिखरीको प्रमुख तुलशीदास यदवले बताए ।