• प्रबेश बिष्ट

    सरस्वती मावि इटहराको स्वर्ण जयन्ती समापन समारोहमा गायक रामकृष्ण ढकालको उपस्थित हुने भएका छन् । फागुन २ गतेबाट सुरु भएको स्वर्ण जयन्तीको फागुन ६ गते हुने समापनमा गायक ढकालको विशेष प्रस्तुति रहने विद्यालयले जनाएको छ ।

    १ नम्बर प्रदेश सरकारका सामाजिक विकास मन्त्री जिवन घिमिरे प्रमुख अतिथि रहेने कार्यक्रममा गायक ढकाललाई विशिष्ट अतिथिको रुपमा आमन्त्रण गरिएको विद्यालयका शिक्षक एवं स्वर्ण जयन्ती समारोह समितीका सदस्य थिरनाथ दाहालले बताउनुभयो । यस भेगमा सुगम संगितका पारखी श्रोताहरु धेरै भएकाले गायक ढकालको प्रस्तुति राखिएको शिक्षक दाहालको भनाई छ ।

    सामुदायिक विद्यालयको ऐतिहासिक कार्यक्रममा सुगम संगितलाई ब्राण्ड बनाएर आफूलाई आमन्त्रण गरिएकोमा गायक ढकालले प्रसन्नता व्यत्त गर्नुभयो । समारोहमा आफ्ना एक दर्जन जति गीतहरु गाँउने उहाँले जनकारी दिनुभयो ।

    स्वर्ण जयन्ती समापन समारोहमा मन्त्री घिमिरेले ५० आँै वर्ष गाँठको स्मारकका रुपमा निमार्ण गरिएको स्वर्ण जयन्ती प्रवेश द्वारको समुद्घाटन गर्नु हुने छ । यसैबीच स्वर्ण जयन्ती स्मारिका लोकार्पण र सिभिल इन्जिनियरिङ कार्यक्रमको घोषणा गरिने पनि जनाइएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…