• काठमाडौं–भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्र-लिपुलेक र लिम्पयाधुरासहित)को निरीक्षणमा गएका उपप्रधान एवम् रक्षामन्त्री इश्वर पोखरेल त्यहाँको भूमिमा समेत नटेकी फर्किएका छन्।

    दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले हिउँका कारण ल्याण्ड नगरी हवाई निरीक्षणमात्रै गरेको बताए। ‘हिउँ भएको हुनाले तल ल्यान्ड गरेर हेर्ने काम भएन,’पौडलले नेपाल लाइभसँग भने, ‘व्यास गाउँपालिकाअन्तर्गत सीमा क्षेत्रको समग्र हवाई निरीक्षण भयो।’

    १० जनाको टोली लिएर रक्षामन्त्री पोखरेल सोमबार बिहान बिहान ८ः४५ मा दार्चुला सदरमुकामबाट लिपुलेक प्रस्थान गरेका थिए। निरीक्षणका क्रममा करिब ४० मिनेटजति व्यास गाउँपालिकाको आकासमा बिताएका मन्त्री पोखरेले नेपाली सेनाले निर्माण गर्ने भनेको दार्चुला-तिंकर सडक, त्यही क्षेत्रमा स्थापना गर्न लागिएको बिओपीलगायतको निरीक्षण गरेका थिए।

    ‘दार्चुला–तिंकर सडक, व्यास क्षेत्रमा क्ष्बिओपी राख्ने भन्ने छ, त्यसको भौगोलिक अवस्थिति, भारत-चीनको सीमावर्ती क्षेत्रहरु र कालापानी, लिपुलेकको कुरा आएको छ त्यसको हवाई निरीक्षण भयो,’ पौडेलले भने। नेपाली सेनाको हेलिकप्टरमार्फत निरीक्षणमा गएका मन्त्री पोखरेलको टोलीमा प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभा उपसभामुख निर्मला जोशी बडाल, प्रदेशसभा सदस्य मानबहादुर धामी, गेल्बुसिंह बोहरा, प्रमुख जिल्ला अधिकारी पौडेललगायत सुरक्षा अधिकारीसहित १० जना थिए।

    नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा समावेश गरेपछि नेपालले यसमा आपत्ति जनाउँदै आएको छ। दार्चुला उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापारिक महोत्सवको उद्घाटन गर्न दार्चुला गएका मन्त्री पोखरेल त्यस क्षेत्रको निरीक्षणमा निस्किएका हुन्। उनले दार्चुलास्थित नेपाली सेनाको दुर्गादल गुल्मको समेत गरेका छन्।

    नेपाली सेनाका उच्च अधिकारीले भने समय-समयमा व्यारेकको निरीक्षण गर्दै आएका छन्। भारत सरकारले २ नोभेम्वर २०१९ मा नेपाली भूभाग आफ्नोमा पारेर नयाँ राजनीतिक नक्सा प्रकाशित गरेपछि कालापानी क्षेत्रमा भारतले गरेको अतिक्रमणको मुद्दा पुनः सतहमा आएको छ। त्यसयता नेपाल सरकारका कुनै पनि उच्च अधिकारी कालापानी क्षेत्रमा पुगेका थिएनन्।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …