फागुन ५, पथरी ।
मोरङको पथरीशनिश्चरे नगर प्याप्सनले आयोजना गरेको ‘इन्टर स्कुल ब्यासिक लेवल फुटबल टुर्नामेन्ट’को उपाधि पथरीको न्यु प्यागोडा माविले हाता पारेको छ ।
सोमबार भएको फाइनल खेलमा पथरीकै रेड स्टार बोर्डिङ स्कुललाई सडन डेथमा पराजित गर्दै उपाधि प्यागोडाले उचालेको हो । उपाधि विजेता प्यागोडा र उपविजेता रेड स्टारका खेलाडिहरुले खेल अवधिभर गोल रहित बराबरी भएपछि भएको टाईब्रेकरमा समेत तीन बराबरी गोल भएको थियो । सडन डेथमा रेड स्टारले प्रहार गरेको गोल पोष्ट बाहिरीएपछि प्यागोडाले उपधि उचालेको हो ।
प्रतियोगिताको म्यान अफ द सिरिज प्योगोडाको प्रविण ढकाल घोषित भए । खेलमा सबैभन्दा बढी गोल गर्ने अन्नपूर्णको गणेश बुढाथोकी पुरस्कृत भए ।
प्रतियोगितामा वाल्मीकी बोर्डिङ स्कुल र अन्नपूर्णवीच भएको खेलमा वामिल्मकी विजय हुँदै तेस्रो र अन्नपूर्ण चौथो भएका थिए । विजेता चौथो स्थान प्राप्त गर्ने स्कुललाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।