•  


    फागुन ५, पथरी ।
    मोरङको पथरीशनिश्चरे नगरपालिका २ देविगञ्जमा रहेको चिनारी अङग्रेजी बोर्डिङ स्कुलले आफ्नो १० औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सोमवार सम्पन्न गरेको छ ।
    सो अवसरमा स्कुलले सांस्कृतिक कार्यक्रमका साथै पुरस्कार वितरण तथा शुभकामना आदानप्रदान गरी आफ्नो १० औ अभिभावक दिवस मनाएको हो ।
    कार्यक्रममा स्कुलमा अध्ययनरत विध्यार्थीहरुले गीत, नृत्य, प्रहसन प्रदर्शन, कविता वाचन गरेर अभिभावकहरुलाई मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा एनप्याब्सन प्रदेश १ का अध्यक्ष जयबहादुर श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।
    यस्तै विशिष्ट अतिथिमा वडा नं २ का वडाध्यक्ष यामप्रसाद गुरागाइ रहेका थिए भने विद्यालयकी शिक्षिका कमला तिम्सिनाले स्वागत मन्तब्य राखेकी थिइन् । अभिभावक दिवसको अवसरमा फुटबल, टेबल टेनिस, विभिन्न दौड, म्युजिकल चेयर्स लगायतको खेलकुदको आयोजना गरिएको थियो ।
    कार्यक्रममा खेलकुदको विजेता, उपविजेता, कक्षा उतिर्ण हुदाको उत्कट विध्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
    विद्यालयले हरेक वर्ष यस किसिमको कार्यक्रमहरु आयोजना गर्दै लोकप्रियता हासिल गरिरहेको छ । कार्यक्रमका अतिथिहरुलाईै विद्यालयका निर्देशक बिरेन्द्र कुमार साम्बाले मायाको चिनो प्रदान गरेका थिए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …