• २० साउन २०७४ काठमाण्डौ
    by: रातोकलम
    आजको पत्रकार सम्मेलन,सम्बाद डवली स्थित,


    बाध्यता र परिस्थिती बस परदेसिएका नेपाली युवा हरु को दैनिकि मा घटी रहेको जिवनमा आधारित नेपाली कथानक चलचित्र "शान्ती" को शुभमुर्हुत भएको छ!सो कार्यक्रममा महिला वालबालिका तथा समाज कल्याण मन्त्री माननिय आशा कोइराला ज्यु ले चलचित्र सफलता को शुभकामना दिदै शुभमुर्हुत को उद्घाटन गर्नु भएको थियो!फाल्गुनन्द लिङ्देन फिल्मस र नेपाल चलचित्र युवा मन्च को संयुक्त ब्यानर मा छायाङ्कन हुन लागेको चलचित्र को निर्देशन दिनेश लिङ्देन ले गरेका छन भने, उक्त चलचित्रमा हाल अति नै ब्यस्त मोडल तथा नायिका को मुख्य भुमिकामा निशा पोमु लिम्बू ले गरेका छन, नव नायक संजीव थेवे लिम्बू ले डेब्यु गर्दै छन! अन्य कलाकार हरुमा सुशील क्षेत्री,सुप्रिया श्रेष्ठ ,प्रदिप योङ्हाङ्,
    अजय खड्का,महेन्द्र कुमार राई, र बालकलाकार मा सिदिता लिङ्देन को भुमिका रहेको उक्त चलचित्रमा निर्माता तथा बरिष्ठ निर्देसक उदय सुब्बा समेतको भूमिका रहनें भएको निर्देशक लिङ्देनले बताउनु भयो, प्राप्त जानकारि अनुसार सो चलचित्रको छायाङ्कन चाडै हुने भएको छ।
    उक्त चलचित्र मा हरि उप्रेती को गित र बिकाश चौधरी ले सङ्गीत भर्नु भएको छ ,नृत्य जनक कार्की,द्वन्द निर्देशन राजु किराँती को रहेको
    छ भने चलचित्र"शान्ती" लाई ज्ञानु राई ले छायाङ्कन गर्दै छन !
    चलचित्र "शान्ती" को छायाङ्कन काठमाण्डौ आसपास,पोखरा, साथै पुर्ब को विभिन्न जिल्ला हरु मा हुने भएको छ !



     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…