काठमाडौ। नेकपा सम्बद्ध लिम्बुवान राष्ट्रिय माेर्चा, नेपालका संयाेजक मुकसामहाङ मेन्याङबाेले राजनीतिक स्थायित्व र समृद्धिका लागि प्रदेश नं.१ नाम संयुक्त पहिचानका आधारमा "लिम्बुवान, किरात प्रदेश" हुनु पर्ने अडान रखेका छन् ।
काठमाण्डौ उपत्यकामा रहनु भएका बुद्धीजिवी , संघीय सांसद एवं अगुवा नागरिकहरुकावीच फाल्गुन ३ गते सनिवार दिउँसो काठमाडौ अनामनगर स्थित युनियन हाउसमा लिम्बुवान, किरात संयुक्त संघर्ष समिति , उपत्यका समितिकाे अायाेजनामा भएको अन्तरक्रिया कार्यक्रममा बाेल्दै संयाेजक मेन्याङबाेले जनअान्दाेलन, अादीवासी जनजाति अान्दाेलन, किराँत र लिम्बुवान अान्दाेलनकाे मुल मर्म पनि यही भएको स्पष्ट पारे ।
मेन्याङबाेले लिम्बुवान, किरात कुनै जाति वा साम्प्रदायिक बिषय हाेईन याेत ईतिहास, पहिचान, सभ्यता र जनताको मनाेविज्ञान भएको तर्क गरे । हाम्रो पुस्ताले छाती फराकिलो बनाएर याे कुरालाई बाेध गर्न सकेनौं भने पुस्ताै पुस्ता सम्म हामी यहीँ बिषयमा रूमाली रहने छाै। जुन कुरा हाम्रो प्रगति र समृद्धिका लागि बाधक बनिरहने कुरा मेन्याङबाेकाे थियो । प्रदेश १ काे नाम संयुक्त पहिचानका अाधारमा "लिम्बुवान , किरात प्रदेश "बिषयक अन्तरक्रिया कार्यक्रममा लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङदेन, समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम, नेकपाका नेता तथ अादिवासी जनजाति महासँघ, नेपालका संयाेजक सुरेश कुमार अालेमगर, किराँत राई यायाेक्खाका अध्यक्ष दिवस राई लगायतका बक्ताहरूले बाेलेका थिए ।
कार्यक्रमकाे संयाेजन त्रिवेणी चाेङबाङले गरेका थिए भने समापन कियाचुका अध्यक्ष याेगराज वनेमले गरेका थिए।माग २३ गतेदेखि प्रदेश नं. १ काे हिउँदे अधिबेशन प्रारम्भ भए सँगै संयुक्त संघर्ष समितिले अाफ्नाे गतिविधि तिव्र बनाएको छ