•  

    अमेरिकाः अमेरिकाको रियालिटी शो 'अमेरिकन आइडल'मा नेपाली युवा छानिएका छन् । काठमाडौंका दिवेश पोखरेल अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरीको अगाडि प्रस्तुती दिँदै हलिउड प्रस्तुतिका लागि छानिएका हुन् ।

    दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन् । उनी ५ वर्षअघि नेपालबाट अमेरिका गएका हुन् । दिवेशले ‘अर्थर गन’ को उपनामबाट गाउँदै आएको बताएका छन् । अमेरिकन आइडलको अडिसन राउन्डबाट उनी अर्को राउन्डको लागि छनौट भएका हुन् ।

    कार्यक्रममा उनले अभिवादन गर्दा 'नमस्ते' भनेका थिए र पटक पटक नमस्ते गरिरहेका देखिन्थे । जजहरूले उनको गायन प्रतिभाको निकै प्रशंशा गरेका छन्।

    कार्यक्रमका जज गायिका केटी पेरीले उनलाई ‘यु आर अ रकस्टार’ भन्दै प्रशंसा गरेकी छन् ।

    साथै जज लियोनेल रिचीले, 'हामी तिम्रो जादुले भरिएको आवाजलाई बाहिर ल्याउन पाउँदा उत्साहित छौं ' भन्ने प्रतिक्रिया दिएकी छन् । अर्थर गनले उनलाई, 'तिमी एउटा कथा हौ जो हामीले सबैलाई बताउनुपर्ने छ। हलिउडमा तिमीसँग भेटौँला।’ भनेका छन् । उनले स्टेजमा गएर दिवेशलाई अंगालो पनि मारेका थिए ।
    (अन्नपूर्ण पोष्टबाट)

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …