उर्लावारी। नोबेल शिक्षण अस्पतालले मोरङको उर्लावारीमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिव एक हजार बिरामी लाभान्वित भएका छन् ।
उर्लावारी–७ स्थित भृकुटी मोडल एकेडेमीसँग सहकार्य गरेर सञ्चालन गरिएको शिविरबाट ९ सय ८३ बिरामीको निःशुल्क उपचार गरिएको हो । शिविरमा ६८ जनाको ईसीजी, २ सय ८३ को ल्याव टेष्ट र १ सय ६४ जनाको भिडियो एक्सरे गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
बिशेषज्ञ डाक्टरसहित २८ जनाको टोलीले बिरामीको उपचार गरेकोे थियो । शिविरमा बालरोग, छालाको समस्या भएका र स्वास्प्रश्वास सम्बन्धि समस्याका बिरामी बढी आएका थिए । नोबेलले पूर्वी नेपालका बिभिन्न स्थानमा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।