• कुनै पनि शुभ कार्य गर्दा सवैभन्दा पहिले भगवान गणेको पूजा गरिन्छ । मंगलाचरणको शुरुवात नै श्री गणेशाय नमः बाट शुरु हुन्छ । भगवान गणेशको पूजा गर्नाले सुख शान्ति र समृद्धि छाउने विश्वास गरिन्छ ।

    धन तथा बैभवको हिसावमा मंगलबार शुभ मानिन्छ । मंगलबार व्रत बसेर पूजा आराधाना गर्नाले मनोकामना पूरा हुने विश्वास गरिन्छ । सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले मंगलबारका दिन भगवान श्रीगणेश र रामभक्त हुनमानको पूजा उत्तम मानिन्छ ।

    गणेशको पूजा विधि : शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ । जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा (प्रदक्षिणा) पर्दछन् । यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ ।

    संकल्प : संकल्प गर्नुपूर्व हातमा जल, फूल वा अक्षता लिनुहोस् । सकंल्प जुन दिन पूजा गर्नुहुन्छ त्यो वर्ष, त्यो वार, तिथि त्यो ठाउँमा आफ्नो नाम लिएर आफ्ना इच्छाहरु प्रकट गर्नुपर्छ । त्यसपछि हातमा लिएको जल जमीनमा छर्किनुपर्छ ।

    आह्वान ॐ गं गणपतये नमः आव्हानयामि स्थापयामि । मन्त्र जपेर गणेशको मूर्तिमा अक्षता चढाउनुपर्छ । आह्वानको अर्थ गणेशलाई आफ्नो घरमा निम्ता गर्नु हो ।

    आसन : भगवान गणेशलाई आह्वान गरिसकेपछि ॐ गं गणपतये नमः आसनार्थे पुष्पाणि समर्पयामि । मन्त्र जप्दै उनका लागि आसनका लागि ठाउँ दिनुपर्छ । आसनको अर्थ आह्वान गरिएका गणेशलाई आफ्नो पूजा घरमा विराजमानका लागि ठाउँ दिनु हो ।

    पाद्यं (भगवान गणेशका पाउ धुनु) : ॐ गं गणपतये नमः पादयोः पाद्यं समर्पयामि । मन्त्र जप्तदै आफ्नो पूजा कोठामा राखिएको भगवान गणेको मूर्ति अर्थात प्रतिमाको पाउ शुद्ध जलले धुनुहोस् ।

    अर्घ (हात धुनु )

    आचमनीमा जल, पुष्प, अक्षता लिएर ॐ गं गणपतये नमः हस्तयोस् अघ्र्यं समर्पयामि । मन्त्र जप्दै मूर्तिको हात धुनुपर्छ ।

    आचमन (मुख शुद्ध पारिनु) : ॐ गं गणपतये नमः आचमनीयम् जलं समर्पयामि मन्त्र जप्तै आचमनका लागि जल छर्किनुपर्छ । आचमनको अर्थ हुन्छ मुख शुद्ध गर्नु ।

    पंचामृतले स्नान : ॐ गं गणपतये नमः पंचामृतस्नानं समर्पयामि । मन्त्रोच्चारण गर्दै पंचामृत से भगवान गणेशको मूतिलाई नुहाउनुपर्छ । पंचामृतमा दूध, दही, घ्यू, मह र शक्करको मिश्रण पर्छन् । यी पाँच चिजको मिश्रणले भगवान गणेशलाई नुहाउनुपर्छ ।

    शुद्ध जलले स्नान : ॐ गं गणपतये नमः शुद्धोदकस्नानं समर्पयामि। मन्त्र जप्तै गणेशलाई शुद्ध जलले स्नान गराउनुपर्छ ।

    वस्त्र समर्पण : ॐ गं गणपतये नमः वस्त्रोपवस्त्रम् समर्पयामि । मन्त्रोच्चारण गर्दै वस्त्र अर्पित गर्नुपर्छ ।

     

    गन्ध समर्पण : ॐ गं गणपतये नमः गन्धं समर्पयामि। चंदन, रोली, हल्दी, मेहन्दी, अष्टगंध इत्यादिको सुगंधितसहित केही दक्षिण अर्पण गर्नुपर्छ ।

    पुष्प अर्पित : ॐ गं गणपतये नमः पुष्पं समर्पयामि । मन्त्र जप्दै भगवान गणेको प्रतिमा तथा मूर्तिमा फूल चढाउनुपर्छ ।

    अक्षता अर्पित : ॐ गं गणपतये नमः अक्षताम् समर्पयामि। मन्त्र जप्दै भगवान गणेशको पूजाका लागि बनाइएको अक्षता अर्पण गर्नुपर्छ ।

    धूपले पूजा : ॐ गं गणपतये नमः धूपम् आघर्पयामि । मन्त्र जप्दै धूप, अगरबत्तीले पूजा गर्नुपर्छ । हातमा दीप तथा धूप लिएर गणेको पूजा गर्नुपर्छ ।

    दीप देखाउनु :ॐ गं गणपतये नम दीपम् दर्शयामि। मन्त्र जपेर दियोले पनि गणेशको पूजा गर्नुपर्छ । हातमा दीप लिएर धूपले पूजा गरेझै बत्तीले पनि पूजा गर्नुपर्छ ।

    आरती : ॐ गं गणपतये नमः आरार्तिक्यम् समर्पयामि । मन्त्रसहित भगवान गणेशलाई प्रशन्न बनाउन एकाग्र चित्तले आरती गर्नुपर्छ ।

    प्रदक्षिणा : हातमा फूल अक्षता लिएर भगवान गणेशको प्रतिमा वरिपरि परक्रमा गर्नुपर्छ । परिक्रमा गरिसकेपछि उक्त अक्षता तथा फूल भगवान गणेशको मूर्तिमा समर्पित गर्नुपर्छ । उक्त समयमा ॐ गं गणपतये नमः प्रदक्षिणा समर्पयामि। मन्त्रोच्चारण गर्नुपर्छ ।

    पुष्पाञ्जलि : ॐ गं गणपतये नमः पुष्पांजलि समर्पयामि । मन्त्रसहित हातमा लिएको फूल तथा अक्षता विघ्न–वाधा नाशक भगवान श्री गणेशलाई समर्पण गर्नुपर्छ ।

    नेवैद्य अर्पण : ॐ गं गणपतये नमः नेवैद्यम् निवेदयामि । मन्त्रोच्चारण गर्दै भगवान गणेको पूजाका लागि बनाइएको पंचामृत अर्पण गुर्नपर्छ । भगवान गणेशको पूजामा तुलसी अर्पण गर्नुहुँदैन ।

    पंचामृतमा पनि तुलसीको प्रयोग गर्नुहुँदैन । ॐ गं गणपतये नमः फलम् समर्पयामि मन्त्रसहित भगवान गणेशको मूर्तिमा फलफूलहरु अर्पण गर्नुपर्छ । ॐ गं गणपतये नमः मिष्ठान्न भोजनम् समर्पयामि मन्त्रसहित मीठा भोजन तथा मिठाई अर्पण गर्नुपर्छ ।

    ॐ गं गणपतये नमः पंचमेवा भोजनम् समर्पयामि मन्त्रको उच्चारण गर्दै कहते हुए पंचमेवा अर्पण गर्नुपर्छ । यी सवै पूवाविधि पूरा गरिसकेपछि । आफूले भूलबस गरेका अर्थात जानी नजानी भएका गल्तीका लागि क्षमा माग्नुपर्छ । एकाग्र तथा एकचित्त भई जीवनमा खुश, शान्ति र समृद्धिको कामना गर्नुपर्छ । एजेन्सी

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…