•  

    काठमाडौं । सामान्यतया डाक्टरले अधिकांश बिरामीहरूलाई धेरै पानी वा अन्य तरल पदार्थ पिउन सल्लाह दिने गर्दछन् । ‘पानी पिउन सल्लाह दिनु गलत होइन र बिरामीको बेडछेउ पर्याप्त पानी हुनु पनि पर्छ’, लन्डनस्थित किङस कलेजका प्रोफेसर एमेरिटस टम स्यान्डर्स भन्छन्, ‘र उनीहरूलाई पानी पिउन प्रोत्साहित पनि गर्नु पर्छ।’

    बेलफास्टस्थित क्विन्स युनिभर्सिटीका प्रोफेसर ग्रामले महिलाको केसबाट डाक्टरहरूले बिरामीलाई सल्लाह दिँदा सावधानीपूर्वक दिनुपर्ने साथै बिरामीको विस्तृत विवरण हेरेर मात्र पानी पिउने सल्लाह दिनुपर्ने बताए । बिरामीलाई डाक्टरले कुन कुन स्थितिमा कति पानी पिउने प्रष्ट बताउनु पर्ने पनि उनको भनाइ थियो।

    ब्रिटिस न्युट्रिसन फाउन्डेसनका अनुसार भोजनबाटै हामीले करिब २० प्रतिशत पानी पाउँछौं । महिलाले दैनिक १६ सय मिलिलिटर (१ दशमलव ६ लिटर) र पुरुषले २ लिटर पानी पिउनु पर्छ । हामीले आवश्यक मात्रामा पानी पिए पिसाबको रंग हलुका पहेंलो हुन्छ ।

    पिसाबको रंग गाढा पहेंलो भए हामीले पिउने पानीको मात्रा बढाउन आवश्यक छ भनेर बुझ्नुपर्छ। (एजेन्सी)

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…